सत्ता गठबन्धन १० टाउके रावण होः अध्यक्ष ओली

२०७९ फाल्गुन ३० गते, मंगलवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिनुभएको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिनुभएको हो ।

उहाँले १० वटा टाउका एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धनलाई रावणको रुपमा चित्रित गर्नुभयो । उहाँले १० दलिय गठबन्धनका १० टाउका एक ठाउँ भएपछि भयंकर बिध्वंस मचिने दाबी गर्नुभयो ।

उहाँले सत्ता गठबन्धनप्रति इंगित गर्दै उहाँले अहिलेको रावणले फेरि महिलाका हक अधिकार हरण गर्न लागेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा महिलाका हक अधिकारहरु चलाखीसाथ, कपटपूर्ण ढंगले हरण गरिएको दाबी गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्था भएपनि वर्तमान गठबन्धनले त्यसलाई बेवास्ता गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवारमा उठाएको उम्मेदवार पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना प्रवल रहेको बताउनुभयो । उहाँले १० दलीय गठबन्धनले पुरुष राष्ट्रपति भइसकेपछि महिला उपराष्ट्रपति हुनैपर्ने संविधानको मर्ममाथि प्रहार गरेको आरोप लगाउनुभयो । उहाँले निार्वचन आयोगलाई समेत गठबन्धनले उपराष्ट्रपति पदमा महिला हुनु नपर्ने भन्न प्रयोग गरेको आरोप लगाउँदै अझै अन्य संस्थाहरु पनि प्रयोग गर्नसक्ने बताउनुभयो ।

उहाँले जित्ने आधारहरु रहेपनि बोल्नु वाञ्छनीय नहुने बताउनुभयो । उहाँले गठबन्धनभित्र धेरै प्रकारका समस्या रहेको तर एमालेभित्र कुनै समस्या नरहेको जिकिर गर्नुभयो । उहाँले अहिले राष्ट्रिय राजनीतिमा अरु सबै दल एकतिर र एमाले एक्लै एकतिर भइरहेको भएपनि त्यसलाई नराम्रो मान्नु नपर्ने बताउनुभयो । उहाँले बहुदलीय व्यवस्थामा १० थरी १० तिर हुनुभन्दा १० थरी एकै ध्रुवमा समाहित हुन राम्रो रहेको बताउनुभयो ।

 

 

169 Views

ताजा

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” आयोजना

२०८२ चैत्र २ गते, सोमबार

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” आयोजना

२०८२ चैत्र २ गते, सोमबार

यी हुन् २०२६ का ओस्कार विजेता

२०८२ चैत्र २ गते, सोमबार

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०८२ चैत्र २ गते, सोमबार

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

२०८२ चैत्र १ गते, आईतवार

एभरेस्ट भक्तपुर स्कुलद्वारा १६औँ ‘ओपन डे’ कार्यक्रम सम्पन्न

२०८२ चैत्र १ गते, आईतवार

लेबनानको नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण

२०८२ चैत्र १ गते, आईतवार

शेरबहादुरमाथि गोकुल बास्कोटाको कटाक्षः “आफ्नो र श्रीमतीको पदका लागि गुट बदल्ने अवसरवादी”

२०८२ फाल्गुन ३० गते, शनिबार

काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती हुने

२०८२ फाल्गुन ३० गते, शनिबार

आजदेखि काठमाडौंमा एनआरएनएको १२औं विश्व सम्मेलन

२०८२ फाल्गुन ३० गते, शनिबार

मध्यपूर्वमा तनावः इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु

२०८२ फाल्गुन ३० गते, शनिबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal