सत्ता गठबन्धन १० टाउके रावण होः अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिनुभएको छ ।
मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिनुभएको हो ।
उहाँले १० वटा टाउका एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धनलाई रावणको रुपमा चित्रित गर्नुभयो । उहाँले १० दलिय गठबन्धनका १० टाउका एक ठाउँ भएपछि भयंकर बिध्वंस मचिने दाबी गर्नुभयो ।
उहाँले सत्ता गठबन्धनप्रति इंगित गर्दै उहाँले अहिलेको रावणले फेरि महिलाका हक अधिकार हरण गर्न लागेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा महिलाका हक अधिकारहरु चलाखीसाथ, कपटपूर्ण ढंगले हरण गरिएको दाबी गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्था भएपनि वर्तमान गठबन्धनले त्यसलाई बेवास्ता गरेको बताउनुभयो ।
अध्यक्ष ओलीले नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवारमा उठाएको उम्मेदवार पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना प्रवल रहेको बताउनुभयो । उहाँले १० दलीय गठबन्धनले पुरुष राष्ट्रपति भइसकेपछि महिला उपराष्ट्रपति हुनैपर्ने संविधानको मर्ममाथि प्रहार गरेको आरोप लगाउनुभयो । उहाँले निार्वचन आयोगलाई समेत गठबन्धनले उपराष्ट्रपति पदमा महिला हुनु नपर्ने भन्न प्रयोग गरेको आरोप लगाउँदै अझै अन्य संस्थाहरु पनि प्रयोग गर्नसक्ने बताउनुभयो ।
उहाँले जित्ने आधारहरु रहेपनि बोल्नु वाञ्छनीय नहुने बताउनुभयो । उहाँले गठबन्धनभित्र धेरै प्रकारका समस्या रहेको तर एमालेभित्र कुनै समस्या नरहेको जिकिर गर्नुभयो । उहाँले अहिले राष्ट्रिय राजनीतिमा अरु सबै दल एकतिर र एमाले एक्लै एकतिर भइरहेको भएपनि त्यसलाई नराम्रो मान्नु नपर्ने बताउनुभयो । उहाँले बहुदलीय व्यवस्थामा १० थरी १० तिर हुनुभन्दा १० थरी एकै ध्रुवमा समाहित हुन राम्रो रहेको बताउनुभयो ।
ताजा
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज काठमाडौंका यी ठाउँमा २ घण्टासम्म बत्ती जाने
२०८२ पुष ३० गते, बुधबार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
प्रतिनिधिसभा निर्वाचनस् बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
२०८२ पुष २९ गते, मंगलवार
‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक
२०८२ पुष २९ गते, मंगलवार
‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा सार्वजनिक
२०८२ पुष २९ गते, मंगलवार
रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक
२०८२ पुष २९ गते, मंगलवार
वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह
२०८२ पुष २८ गते, सोमबार
बालेन केपी ओलीसँग भिड्ने लगभग निश्चित !
२०८२ पुष २८ गते, सोमबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
२०८२ पुष २८ गते, सोमबारलोकप्रिय
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार





