रेलिङ नभएको छत र सडकमा होली नखेल्न काठमाडौं

२०७९ फाल्गुन २१ गते, आईतवार

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले रेलिङ नभएका छत र सडकमा होली नखेल्न आग्रह गरेको छ।

विगतका वर्षहरूमा रेलिङ नभएका छत र सडकमा होली खेल्दा अप्रिय घटनाको जोखिम बढेको देखिएको भन्दै परिसरले रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न आग्रह गरेको हो।

सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तरिकाले होली खेल्न प्रहरीको आग्रह छ। होली पर्वका नाममा उछृङ्खल क्रियाकलाप नर्न पनि प्रहरीको अनुरोध छ। अपरिचित मानिसहरूको समूहमा पनि होली नखेल्न प्रहरीले अनुरोध गरेको छ।

‘कसैको इच्छाविपरीत रङ, लोला, मोसो, केमिकल, फोहोर पानी र छाला आँखामा असर हुनेगरी रङ नलगाउनुहोला,’ प्रहरीले भनेको छ, ‘ट्राफिक नियमको पूर्ण पालना गरौँ। मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाऔँ। भिडभाड हुने स्थानमा पाकेटमारी लुटपाट हुने सम्भावना बढी हुँदा सावधान रहनुहोला।’

प्रहरीले जारी गरेको अनुरोध पत्रमा कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा थाहा पाएमा प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरिएको छ। कानुनविपरीतका गतिविधिहरू गरेको पाइए जरिबाना र कारबाही गरिनेसमेत गरिने प्रहरीले चेतावनी दिएको छ।

परिसरले महँगा गरगहना लगाएर होली खेल्ने ठाउँमा नजान र अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि आग्रह गरेको छ।

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal