पूर्वराजाको अभिव्यक्तिले राजनीतिक बृत्त तरंगित
काठमाडौं । गतसाता मेडिकल व्यवसायी दुर्गा प्रसाईले शुरु गरेको नागरिक बचाउ महाअभियानको उद्घाटन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह मेची पुल पुगे । पानसमा बत्ती बालेर अभियानको उद्घाटन गरे । त्यसपछि ७३औं प्रजातन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गरेपछि यसले राजनीतिक वृत्तमा ठुलो तरंग पैदा गरेको छ ।
राष्ट्र राष्ट्रियताको संरक्षण र सबलीकरण गर्ने सनातन धर्मको सम्बद्र्धन गर्ने भ्रष्टाचार नियन्त्रण र सुशासनकायम राख्ने, आर्थिक विकृति र विसंगतीविरुद्ध सशक्त ढंगले आवाज उठाउने सो अभियानको उद्घाटन गरेको हप्ता दिन नबित्दै पूर्वराजा शाहले राजसंस्था र दलहरुबीच सहकार्य आवश्यक रहेको भन्दै ७३औं प्रजातन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गरेपछि यसले राजनीतिक वृत्तमा ठुलो तरंग पैदा गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्रको सन्देशपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मेचीतिर उल्टो हावा चलेको भन्दै १२ बुँदे समझदारी पक्षधरहरुलाई एकढिक्का हुन आग्रह समेत गरेका छन् । मुलुकको आवश्यकताले आगामी उज्यालो भविष्यको लागि राष्ट्रिय बहस आवश्यक भएको बताउँदै पूर्वराजाले सन्देशमा नेपालको निरन्तर अधोगतिप्रति अब मौन रहन नसक्ने बताउनु भएको थियो । मुलुकमा गणतन्त्र कार्यान्वयन भएपछि औपचारिकताका लागि बेलाबेला सन्देश जारी गर्ने गरे पनि पूर्व राजा शाहबाट भूमिका खोजि गरिएको यो पहिलो सन्देश हो । यसकारण पनि पूर्वराजाको शुभकामना सन्देशका सन्दर्भमा चर्चा परिचर्चा हुनु अस्वभाविक होइन । राजनीतिक दल र तिनका नेताको स्वार्थसिद्धी गर्ने अस्त्र गणतन्त्र बन्दै गएका कारण पूर्वराजाबाट आएको यो सन्देश स्वागतयोग्य भएको कतिपयको टिप्पणी छ भने कतिपयले आक्रोशसमेत व्यक्त गरिरहेका छन् ।
पूर्वराजाले विगत सम्झिएर विज्ञप्ति जारी गरे पनि अन्त्य भइसकेको राजसंस्था पुनः स्थापित हुन नसक्ने विरोधी पक्षहरुको मत छ भने अर्काथरीले गणतन्त्रको विकल्प राजतन्त्र भएको तर्क गर्ने गरेका छन् । राजसंस्थाको अन्त्य भएयता राष्ट्रिय अस्तित्व संकटमा परेको र जनजीवन थप कष्टप्रद बनेको भन्दै दल र नेताहरु नसुध्रिएको खण्डमा राजसंस्थाको विकल्प नरहेको उनीहरुको तर्क छ । मुलुकको अहिलेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पूर्वराजा शाहले जनताको साथ खोजेको खण्डमा गणतन्त्र खतरामा पर्ने टिप्पणी उनीहरुले गरिरहेका छन् ।
पूर्वराजा शाहले जारी गरेको शुभकामना सन्देशमा उनले नेपाल एकीकरणको झन्डै २४० वर्षपछि आफूहरुले शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएको भए पनि अहिले नेपाल विग्रहको चपेटामा फसेको उल्लेख गरेका छन् । ‘नेपाल एकीकरणको झन्डै २४० वर्षपछि हामीबाट शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएका थियौं,’ उनले भनेका छन् ‘विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधिमुलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भए पनि अहिले कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको छ ।
‘देश र जनताभन्दा दलगत, पारिवारिक, व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका नेताहरु फसेका छन् । तिनका धेरै कार्यक्रममा राजनीति छत्रछायाँ नभइ जीवनमा केही हासिल गर्न सकिँदैन भन्ने मनोभाव विकसित गरिएको छ,’ शाहको भनाई छ। ‘शोककूल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौँ । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं । यी यावत वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको छ । अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोेकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको विलम्ब गर्नुहुँदैन।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





