घनश्याम भुसाल आज एकीकृत समाजवादीमा विलय हुने
काठमाडौं । नेकपा एमाले परित्याग गरेको घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्याल होटलमा भुसालले एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन्।
एमालेभित्रको अन्तरविरोध चर्किँदा माधव नेपाल पक्षमा लागेका भुसालले माधव नेपालले पार्टी विभाजन गरेपछि भने एमाले मै बसेका थिए। एमाले भित्र रहेर वाम गठबन्धनको वकालत गर्दै आएका भुसाललाई मंसिर ४ को निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनले भुसालले एमाले परित्याग गरेका थिए।
एमाले स्थायी कमिटी सदस्य रहेका भुसाललाई पछि पार्टीले कारवाही गरेर साधारण सदस्यसमेतबाट हटाएको थियो। एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाल निर्वाचनमा पराजित भएपछि उनी एकीकृत समाजवादीमा प्रवेश गर्न तयार भएका हुन्।
भुसालले आफू निकट नेताहरुलाई पनि एमाले परित्याग गरी नेकपा एसमा प्रवेश गर्न आग्रह गरेका छन्। तर एमाले छोड्न अन्य नेताहरु तयार नभएपछि भुसाल एक्लै नेकपा एसमा प्रवेश गर्न लागेका हुन्। भुसाल नेकपा एसमा प्रवेश गर्ने भएपनि उनले पाउने जिम्मेवारी निश्चित भइसकेको छैन। भुसालले महासचिव पद दाबी गरेका छन्। हाल नेकपा एसमा बेदुराम भुसाल महासचिव छन्।
ताजा
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





