घनश्याम भुसाल आज एकीकृत समाजवादीमा विलय हुने

२०७९ पुष २९ गते, शुक्रबार

काठमाडौं । नेकपा एमाले परित्याग गरेको घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्याल होटलमा भुसालले एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन्।

एमालेभित्रको अन्तरविरोध चर्किँदा माधव नेपाल पक्षमा लागेका भुसालले माधव नेपालले पार्टी विभाजन गरेपछि भने एमाले मै बसेका थिए। एमाले भित्र रहेर वाम गठबन्धनको वकालत गर्दै आएका भुसाललाई मंसिर ४ को निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनले भुसालले एमाले परित्याग गरेका थिए।

एमाले स्थायी कमिटी सदस्य रहेका भुसाललाई पछि पार्टीले कारवाही गरेर साधारण सदस्यसमेतबाट हटाएको थियो। एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाल निर्वाचनमा पराजित भएपछि उनी एकीकृत समाजवादीमा प्रवेश गर्न तयार भएका हुन्।

भुसालले आफू निकट नेताहरुलाई पनि एमाले परित्याग गरी नेकपा एसमा प्रवेश गर्न आग्रह गरेका छन्। तर एमाले छोड्न अन्य नेताहरु तयार नभएपछि भुसाल एक्लै नेकपा एसमा प्रवेश गर्न लागेका हुन्। भुसाल नेकपा एसमा प्रवेश गर्ने भएपनि उनले पाउने जिम्मेवारी निश्चित भइसकेको छैन। भुसालले महासचिव पद दाबी गरेका छन्। हाल नेकपा एसमा बेदुराम भुसाल महासचिव छन्।

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal