नेपाल टेलिकमको १५औं वार्षिक साधारण सम्पन्न, प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश बाँड्ने
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७८–७९ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
साधारणसभामा करिब ९१.६ प्रतिशत सेयरधनीहरूको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७८÷७९ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८÷७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।
यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ।व। २०७९÷८० को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेशकुमार गुरागाईं र चार्टर्ड एकाउण्टेण्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्यालले साधारणसभामा उपस्थित सेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको पन्ध्रौँ वार्षिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले कोभिड–१९ को महामारी तथा यसको प्रभाव र असरकाबीच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रको विश्वबजारमा विकास भइरहेका नवीनतम् र अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।
दूरसञ्चार क्षेत्रमा विद्यमान तीब्र प्रतिस्पर्धाको वातावरणमा पनि मुनाफाभन्दा बढी सेवाभावलाई प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरू विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गर्नेतर्फ कम्पनीले आफ्ना कार्यक्रमहरूलाई परिलक्षित गरेको उनले बताए ।
अध्यक्षले भने, ुआर्थिक वर्ष २०७८र७९ मा आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु। ४४ अर्ब ३७ करोड राजश्व आम्दानी गरी रु। ८ अर्ब ४७ करोड खुद नाफा गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा रु। १ अर्ब ३५ करोडले बढी हो । यसै आ।व।मा कम्पनीले कर तथा शुल्क बापत आफ्नो कुल आयको ५९।५२ प्रतिशत अर्थात् रु। २६ अर्ब ४१ करोड राजश्वका रुपमा नेपाल सरकारलाई बुझाएको छ ।
कम्पनीको नाफामा सेयरधनीहरूको योगदान र लगानीको उच्च कदर गर्र्दै कम्पनी सञ्चालक समितिले प्रति सेयर रु। ४० लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि यस सभामा पेस गर्ने निर्णय गरेको छ ।”
प्रत्येक नागरिक, उद्योग व्यवसाय तथा सरकारी क्षेत्रका लागि अधारभूत आवश्यकताका रुपमा स्थापित हुँदै गरेको सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित भोल्टे सेवा तथा एफटीटीएच सेवा विस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणमा तीब्रता दिएकोले २०७९ असारसम्ममा देशका ७३५ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएको उनले उल्लेख गरे। अझै पनि कम्पनीबाट उपलब्ध टुजी प्रविधिको उपयोग गर्ने ग्राहकको संख्या उल्लेख्य रहेकाले यसको गुणस्तर सुधारसहित विस्तार गर्नुका साथै बहूसंख्यक ग्राहकले प्रयोग गर्ने फोरजी सेवाको स्तर वृद्धि गरी सेवा विस्तारलाई निरन्तरता दिइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभजी प्रविधिको परीक्षण अनुमति प्राप्त भएअनुसार निकट भविष्यमा यसको परीक्षण कार्य सफलतापूर्वक सम्पन्न गर्नेगरी काम अघि बढाइएको पनि अर्यालले बताए ।
कम्पनी सञ्चालक समितिका अध्यक्षले अगाडि भने– ुदूरसञ्चारको प्रतिस्पर्धात्मक बजारमा कम्पनीलाई सक्षम संस्थाको रुपमा विकास गर्न कम्पनीको निर्णय प्रक्रिया, कार्यशैली र संस्थागत संरचनामा सुधार गर्न नीति नियमलाई थप व्यावहारिक र समयसापेक्ष बनाउँदै कम्पनीलाई परिवर्तनमुखी तथा गतिशील संगठनको रुपमा अघि बढाउने एवं कम्पनीको पुनसंरचना गर्नेतर्फ विशेष ध्यान दिइएको छ । कम्पनीमा सञ्चित रकमलाई उच्च प्रतिफल प्राप्त हुने र जोखिम न्यून गर्नेगरी विविध क्षेत्रमा लगानी गर्ने नीतिअनुरुप अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लगानीका क्षेत्र पहिचान गर्न शुरु गरिएको छ ।ु
कम्पनीको लगानी नीतिअनुरुप लगानी विविधीकरण गरी वित्तीय अवस्था सुदृढ गरिने, वित्तीय अनुसाशन कायम गरी खर्चमा मितव्ययिताको सिद्धान्त अवलम्बन गर्ने तथा कम्पनीका सेवाका गुणस्तर सुधारमा विशेष ध्यान दिइने प्रतिबद्धता पनि सभासामु अध्यक्ष अर्यालले व्यक्त गरे । विश्वभर नै भ्वाइस सेवाको माग दिनानुदिन घट्दै गइरहेको सन्दर्भमा डाटाको गुणस्तर सुधार गरी लागतप्रभावी बनाउन विशेष जोड दिइने, भ्वाइस सेवामा सुधार गर्दै साझेदार संस्थाहरूसँगको सहकार्य समेतमा भ्यालु एडेड सर्भिसहरू र कन्टेन्ट वेस्ड सेवाहरूको विस्तार गर्ने कार्यमा कर्मचारी, नियामक निकाय तथा सेयरधनी महानुभावहरूबाट सदा झैं पूर्ण सहयोग प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे ।
कम्पनीका चालू तथा नयाँ आयोजनाहरू अन्तर्गत वायरलाइन, वायरलेस, सूचना प्रविधि तथा बिलिङ र व्याकबोन प्रसारणतर्फ भइरहेका कार्यहरू बारेमा समेत उहाँले जानकारी प्रदान गरेका थिए ।
कम्पनीका अध्यक्षले साधारणसभामा सेयरधनीहरूले उठाउनु भएका विभिन्न सुझावहरूको नीतिगत र व्यावहारिक रुपले सम्भव भएसम्म कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै सुझावहरूप्रति आभार व्यक्त गरे ।
पन्ध्रौँ साधारण सभाले पारित गरे बमोजिमको लाभांश रकम आज (२०७९ पुस २८ गते) देखि एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरूलाई वितरण गर्ने व्यवस्था गरिएको छ ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





