पार्टीभित्र देउवाको चर्को आलोचना, म नै पार्टी, म नै राज्य हुँ भन्ने अहंकारले गठबन्धन टुट्योः के.सी.

२०७९ पुष १० गते, आईतवार

काठमाडौं । सत्ता गठबन्धन टुटेको विषयमा कांग्रेसकै नेताहरूले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्न थालेका छन् । देउवाले परिस्थितिको सही आकलन गर्न नसक्दा गठबन्धन टुटेको भन्दै असन्तुष्ट बनेका हुन् ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले देउवाको म नै पार्टी, म नै राज्य हुँ भन्ने अहंकारले गठबन्धन टुटेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म नै पार्टी म नै राज्य हुँ भन्ने अहंकार, स्व–केन्द्रित निर्णय, चरम सत्ता–लिप्साको दूषित नियतले भर्खरै प्राप्त जनादेशलाई उपेक्षा र तिरस्कार गर्दै, ५ दलीय गठबन्धन टुटेको छ । लोकतन्त्रवादीको लागि जनता नै सर्वोपरी साध्य र शक्ति हो । सत्ता त साधन मात्र हो । यही मूलमन्त्र हो हाम्रो आगामी दिनको ।’

सत्तारुढ पाँच दलीय गठबन्धन सरकारको नेतृत्वका विषयमा सहमति हुन नसकेपछि टुटेको छ । ५ दलीय गठबन्धन टुटेपछि एमाले–माओवादीसहित अन्य दलको गठबन्धनको बनेको छ ।

153 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal