पार्टीभित्र देउवाको चर्को आलोचना, म नै पार्टी, म नै राज्य हुँ भन्ने अहंकारले गठबन्धन टुट्योः के.सी.
काठमाडौं । सत्ता गठबन्धन टुटेको विषयमा कांग्रेसकै नेताहरूले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्न थालेका छन् । देउवाले परिस्थितिको सही आकलन गर्न नसक्दा गठबन्धन टुटेको भन्दै असन्तुष्ट बनेका हुन् ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले देउवाको म नै पार्टी, म नै राज्य हुँ भन्ने अहंकारले गठबन्धन टुटेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म नै पार्टी म नै राज्य हुँ भन्ने अहंकार, स्व–केन्द्रित निर्णय, चरम सत्ता–लिप्साको दूषित नियतले भर्खरै प्राप्त जनादेशलाई उपेक्षा र तिरस्कार गर्दै, ५ दलीय गठबन्धन टुटेको छ । लोकतन्त्रवादीको लागि जनता नै सर्वोपरी साध्य र शक्ति हो । सत्ता त साधन मात्र हो । यही मूलमन्त्र हो हाम्रो आगामी दिनको ।’
सत्तारुढ पाँच दलीय गठबन्धन सरकारको नेतृत्वका विषयमा सहमति हुन नसकेपछि टुटेको छ । ५ दलीय गठबन्धन टुटेपछि एमाले–माओवादीसहित अन्य दलको गठबन्धनको बनेको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





