वीर अस्पतालका १२ जना डाक्टर र नर्स बेपत्ता

२०७९ पुष ३ गते, आईतवार

काठमाडौं । वीर अस्पतालले लामो समयदेखि बेपत्ता कर्मचारीलाई काम गर्न आउन ताकेतासहित सूचना निकालेको छ । लामो समयदेखि विना जानकारी कार्यालयमा नआएपछि अस्पतालले १२ जनालाई ३० दिनभित्र हाजिर हुन आउन भनेको हो ।

वीरका अनुसार बिदा स्वीकृत नगराई विना जानकारी काममा नआउनेमा एक चिकित्सक, ९ जना स्टाफ नर्स र २ जना अनमी छन् । उनीहरूलाई बीचमा आफन्त तथा अन्य साथीभाइमार्फत सम्पर्क गर्न खोज्दासम्म कोही नआएपछि बाध्य भएर सूचना निकाल्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।

वीरद्वारा जारी सूचनामा अबको ३० दिनभित्र हाजिर हुन नआए चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० को कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी नियमावली र स्वास्थ्य सेवा ऐनअनुसार कारबाही गरिने उल्लेख छ ।

वीरका अनुसार लामो समयदेखि बेपत्ता कर्मचारीहरू निम्नानुसार छन्ः
१. रजिष्ट्राररट्युटर डा. सृष्टी शाह
स्टाफ नर्सहरू
१. जमुना सिटौला, २. शान्ति लम्साल, ३. ओमदेवी पुन, ४. सुशीला ढकाल, ५. सम्झना श्रेष्ठ, ६. सकिला चौलागाईं, ७. रेणुका अधिकारी, ८. अन्जुकला राई, ९. सरस्वती अर्याल
अनमी
१. अनिता बसेल २. साहिदा सुब्बा

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

१० करोडको नजिक ‘गौंथली’

२०८३ श्रावण १२ गते, मंगलवार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

२०८३ श्रावण १२ गते, मंगलवार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२ गते, मंगलवार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal