सुन्दरीजलमा सन्तनेता भट्टराईको सालिक अनावरण

२०७९ पुष ३ गते, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ भएको स्थलमा नेपाली कांग्रेसका पूर्वसभापति, मेलम्ची खानेपानीका योजनाकार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक आनवरण गरेका छन् ।

उनै भट्टराईको सालिक अनावरण गर्दै प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले २०७७ सालमै मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण सुरु भएकोमा १ असार २०७८ को बाढीले पुर्‍याएको क्षतिका कारण बन्द भएको पानी वितरण पुनः सुरु भएको र अब काठमाडौं उपत्यकावासीलाई सधैं पानी वितरण गर्न सक्ने गरी आवश्यक तयारी गरिने जानकारी दिए ।

प्रधानमन्त्री देउवाले काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पूरा भएकोमा आफूलाई अत्यन्त खुशी लागेको बताए ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले दीर्घकालीन रुपमा समस्या समाधान नहुँदासम्म अस्थायी संरचनाबाटै पानी वितरण गर्ने योजना बनाएको उल्लेख गरे । खानेपानी मानव जीवनका लागि अपरिहार्य आवश्यकता भएको विषयलाई ध्यानमा राखेर मेलम्चीसहित अन्य विकल्प र स्रोतहरूको समेत अध्ययन भइरहेको चौधरीले जानकारी दिए ।

181 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal