प्रधानन्यायाधीशले नै न्याय नपाएपछि …
गणेश जि.सी.
निलम्बित प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा उमेर हदका कारण मंगलबारबाट अनिवार्य अवकाशमा गएका छन् । न्यायालय प्रवेश गरेदेखि नै आफ्नै फैसलाका कारण बेलाबेलामा विवादमा आइरहने जबरा कार्यकालको अन्त्यतिर नराम्रो चक्रव्यूहमा फस्न पुगे । २०५१ सालमा पुनरावेदन अदालतको अस्थायी न्यायाधीश बाट न्यायसेवामा प्रवेश गरेका जबराले आखिरमा ठूलै अन्याय आफैंले भोग्न बाध्य भएका छन् । कतिपयले उनको यो अवस्थालाई कर्मको फलका रुपमा समेत चित्रित गर्छन् । हुन पनि जब जबराले संवैधानिक व्यवस्थालाई चुनौती दिँदै व्यवस्थापिकाको अधिकारमाथि हस्तक्षेप गरे । उनको दुर्दान्त त्यहीबाट शुरु भएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दोश्रो पटक विघटित प्रतिनिधिसभा पुर्नस्थापित गर्दै परमादेशबाट सरकार गठन गर्न उनले जुन आदेश जारी गरे त्यो संसदीय व्यवस्था प्रतिकूल र संविधानसभाद्वारा जारी संविधानविपरित थियो । प्रतिनिधिसभा पुनस्र्थापना गरेर सरकार गठनको जिम्मा संसदलाई दिनुको सट्टा आन्दोलनरत् पाँचदलीय गठबन्धनसँगको साँठगाँठमा उनले जुन हर्कत गरे त्यो वास्तवमा शोभनीय थिएन । यसविरुद्ध परमादेशमार्फत सत्ताबाट बाहिरिएको नेकपा एमालेको चित्त दुखाई हुनुपर्नेमा जोजो सत्तारोहण गरे उनीहरुकै पहलमा गत फागुन १ गते संसदमा उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भयो । यसको पछाडि बालुवाटारस्थित ललिता निवास भ्रष्टाचार प्रकरण मुख्य कारण रहेको स्वयं निवर्तमान प्रधानन्यायाधीश जबराले नै खुलस्त गरिसकेका छन् । उनको त्यो अभिव्यक्ति र गठबन्धन सरकार तथा गठबन्धनको सहयोगीका रुपमा अगाडि आएको नेपाल बार एशोसिएशनको जबराप्रतिको पूर्वाग्रहले ‘दालमे कुछ काला हे’ भन्ने उखानलाई चरितार्थ गरेको छ । जसरी हुन्छ जबरालाई न्यायलयमा छिर्न नदिने र निलम्बित नै राखिरहने उनीहरुको योजनाबद्ध प्रयास उनी अवकाशमा गएपछि सफल भएको छ । तर, उनीहरुले जबरामाथि महाअभियोग प्रस्तावलाई किन संविधानसम्मत अगाडि बढाउन चाहेनन् ? यसको चित्त बुझ्दो जवाफ उनीहरुले दिनैपर्छ । न्यायलयको नेतृत्व गरिरहेको एउटा प्रधानन्यायाधीशले आफू दोषी या निर्दोष के हो भन्ने कुराको निरुपण नभई बहिर्गमन हुनु आपत्तिजनक विषय हो । लामो समयदेखि सर्वोच्च अदालतमा घटित कतिपय पस्थितिले नेपालको न्यायालयमा ब्याप्त विद्यमान अवस्थाको उजागर भने यो प्रकरणले राम्रैसँग गरेको छ ।
नेपालको न्यायपालिकाकै इतिहासमा संभवतः यो एक दीर्घकालीन प्रभाव पार्नेे र गलत नजिर स्थापित हुने द्योतकका रुपमा यसलाई लिन सकिन्छ । महाअभियोग प्रकरण सदनमा प्रवेश गरेसँगै त्यसको समयमै टुंगो लगाउनुपर्नेमा दलहरुकै अकर्मण्यताकै कारण उनको सुनुवाई हुन सकेन । समयमै त्यसको संसदीय पद्धति अनुरुप न्यायीक निरुपण नगरी अनिर्णयको बन्दी बनाएर प्रधानन्यायाधीश नै अन्यायको भागिदार बन्न पुगेका छन् । विगतमा उनले गरेका कतिपय विवादित फैसलालाई नकोट्याउने हो भने उनी जुन आरोप लागेर अनिवार्य अवकाशमा गए । त्यसका पछाडि आर्थिक र राजनीतिक स्वार्थहरु जोडिएका छन् । संसदीय सुनुवाई समितिले सर्वसम्मत निर्णय गरेर जुनदिन उनलाई प्रधानन्यायाधीशका रुपमा सिफारिस ग¥यो, त्यही दिनदेखि उनले विगतका कमजोरीबाट सफाई पाएका थिए । तर, उनीविरुद्ध अन्तिम समयमा जुन किसिमको हर्कत र षड्यन्त्र गठबन्धन सरकार र नेपाल बार एशोसिएशनबाट भयो । यो नेपालको न्यायिक इतिहासमा कालो धब्बा हो । यो घटनाले व्यक्तिगत रुपमा चोलेन्द्र शमशेर जबराको बदनामी भयो होला त्यो भन्दा बढी न्यायलयलाई निहीत स्वार्थका लागि विचौलियाहरुको जिम्मामा लगाउने योजना सफल भएको छ । आगामी दिनमा कुन बेला कुनचाहिँ प्रधान न्यायाधीशले जबराको नियति भोग्नुपर्छ त्यसको टुंगो भने तत्कालिन राजनीतिक घटनाक्रमले सिर्जना गर्ने अवस्था उत्पन्न भएको छ । यो न्यायालयलाई गम्भीर राजनीतिक दलदलमा फसाउने मात्र नभएर न्यायालाई ध्वस्त गर्ने योजनाबद्ध प्रयासका रुपमा अगाडि आएको छ । गोटीका रुपमा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालतकै कतिपय न्यायाधीशहरु प्रयोग भएका छन् । यो साँच्चिकै गम्भीर विषय हो ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





