काठमाडौं ९ मा दलहरुको बाक्सा खालि गरिदिन्छु – रामकुमार रिजाल
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार रामकुमार रिजालले आफूले निर्वाचन जित्ने भएपछि आफ्नो विरुद्धमा पार्टीहरुले नै स्वतन्त्र उम्मेदवार उठाएको आरोप लगाएका छन् ।
‘मैले जित्ने निश्चित छ, मेरो मत काट्नका लागि पार्टीले स्वतन्त्र उम्मेदवार उठाए’ उनले भनें ‘मैले उम्मेदवारी दिने थाहा पाएपछि पार्टीका नेता तर्सिएका थिए, अहिले त उनीहरुको सातो गएको छ ।’ रिजालले मत माग्न जाँदा जनतामा स्वतन्त्र उम्मेदवारप्रति मतदाताले देखाएको सद्भावको प्रशंसा गरे । दलहरुप्रति मानिस रुष्ट भएको भन्दै उनले दलहरु र नेताहरुको क्रियाकलापप्रति जनता वाक्क भएको बताए ।
उनले दलका नेताहरुले जनतामाझ गएर ठाडो शिर लगाएर मत माग्न पनि नसकेको बताएका छन् । रिजालले ती नेताहरुले जनतालाई सधैं ढाँटेकाले अब फेरि ढाँट्न नसक्ने बताए । उनले यो क्षेत्रबाट जितेर गएका नेताले जनतालाई ठगेको आरोप लगाएका छन् । उनले नेताहरुको अदूरदर्शिताका कारण यो क्षेत्रले विकासको मुहार देख्न नसकेको पनि जनाएका छन् । उनी अहिले ट्राफिक प्रहरी चिन्ह लिएर मैदानमा उत्रिएका छन् । ‘जसरी ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्छन् त्यसरी नै म पनि सांसद् भएपछि आफ्नो भूमिका खेल्ने छु’ उनले भने ‘अहिले दलप्रति जनताको विश्वास छैन त्यसैले हामीजस्ता स्वतन्त्रको उदय भएको हो ।’
‘म यो क्षेत्रमा लामो समयदेखि बसोबास गरेको नागरिक हुँ, मैले यहाँ आफ्नो तर्फबाट सकेको समाजसेवा पनि गरेको छु’ उनले थपे । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० मा लामो समयसम्म राजनीति गरेका उनले केही समयअघि पार्टी छोडेका हुन् । पार्टीमा रहँदा पनि र अहिले स्वतन्त्र अभियान चलाउँदा पनि राष्ट्र र राष्ट्रियताको पक्षमा बोल्दै आएका उनले पटक पटक राजनीति र व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन नभएकोमा दुःख व्यक्त गरेका छन् । जनताको हकहित गर्न र न्याय दिन आफू उम्मेदवार हुनुपरेको हो भन्ने उनले आफू निर्वाचित भएपछि यो क्षेत्रलाई कस्तो बनाउने भन्ने योजना समेत बनाइसकेका छन् ।
उनले यो क्षेत्रका जनताले हारेको बताएका छन् । नेताहरुले शान्ति, सुरक्षा, स्थिरता र विकास दिन्छु भनेर सधैं ढाँटिरहेको भन्दै उनले भने ‘अब जनता ढाँटिने र ठगिने पक्षमा छैनन्, सबै मानिस दलहरुप्रति वाक्क भइसकेका छन्, यसको परिणाम मंसिर ४ मा उनीहरुले भोग्ने छन् ।’ उनले यो क्षेत्रमा रोजगारको समस्या रहेको, आधुनिक तरिकाले कृषि कर्म हुन नसकेको पनि जनाएका छन् ।
चुनावको मुखमा दलका नेताहरु मिठामिठा नारा लिएर जनतामा गएको र अरुबेला जनताको बेवास्ता गर्ने गरेको भन्दै उनले भोट माग्न जाने ती नेतालाई जनताले लखेट्ने बताए । उनले सांसद् भएर संसदमा गएपछि राजनीतिमा देखिएको गतिरोध हटाउन सिटी फुक्ने बताएका छन् । उनले सरकारले विदेशीलाई खुशी पार्न देशलाई अहित हुने खालका जस्ता पनि सम्झौता गर्ने गरेकोमा आपत्ति जनाएका छन् । उनले एमसीसी, एसपीपीजस्ता गलत सम्झौताको विरोधमा सडकमा अभियान नै चलाएका थिए । उनले झण्डै दुई तिहाई मत पाएको तत्कालीन नेकपाले किन सरकार चलाउन नसकेर यो अवस्था आयो भनेर नेताहरुलाई सोध्नसमेत अनुरोध गरेका छन् ।
रिजालले आफूलाई साथ दिन र मतदान गर्न यस क्षेत्रका नागरिकलाई आग्रह गरेका छन् । उनले प्रमुख पार्टी भन्नेहरुको बक्सा खाली हुने र आफ्नो ट्राफिक चिन्हले बक्सा भरिने दाबी गरेका छन् । उनले दलका नेताहरुको गलत आचरणलाई तह लाउन पनि एक पटक आफूलाई मतदान गर्न र यश क्षेत्रको विकास र समृद्धिमा योगदान दिन आग्रह गरेका छन् ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





