गुण्डागर्दी नियन्त्रणका लागि कानुन नै बनाएर कानुनी राज्यको प्रत्याभूति दिलाउँछु – राप्रपाका उम्मेदवार न्यौपाने

२०७९ कार्तिक २९ गते, मंगलवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ललितपुर १ को (२) नम्बर प्रदेशबाट उम्मेदवार बनेका विश्वराज न्यौपानेले आगामी निर्वाचनमा नपत्याउँदो परिणाम ल्याएर निर्वाचन जित्ने दाबी गरेका छन् ।

जनताका विषयमा राम्रा एजेण्डा लिएर मैदानमा उत्रिएका उनले अहिले जनतामा आफूले विश्वास जितेको बताए । ‘म उम्मेदवार भएपछि जनतामा उत्साह छाएको छ, मैले के गर्न सक्छु त्यही मात्र कुरा गर्छु भनेको छु’ उनले भने ‘अरु नेताले जस्तो नचाहिँदो कुरा गरेर जनतालाई आश्वासन दिनु छैन, म इमानको राजनीति गर्ने मान्छे हुँ भन्ने प्रमाणित गर्नु छ ।’ युवा सोच र विचारका धनी न्यौपाने त्यो क्षेत्रमा लोकप्रिय नेताका रुपमा परिचित छन् । ‘मैले प्रत्येक मतदातालाई भेटिसकेको छु, उहाँहरु राप्रपाको एजेण्डाको पक्षमा हुनुहुन्छ, अझ त्यसमा पनि म उम्मेदवार भएपछि थप खुशी छाएको छ’ न्यौपानेले भने ‘ अरु दल र नेता परीक्षण भइसकेकाले अब हामीजस्ता युवाको पालो आएको छ भन्ने प्रमाणित भएको छ ।’

न्यौपानेले थोरै तर मुख्य एजेण्डालाई प्राथमिकतामा राखेका छन् । उनले युवा स्वरोजगारका साथै महिला सशक्तिकरण र नागरिकको आय आर्जनलाई पनि आफ्नो मुख्य एजेण्डा बनाएका छन् । ‘देश संकटमा छ, देशको चिन्ता बढी छ त्यसैले देश जोगाउन उम्मेदवार भएको हुँ’ उनले भने ‘बाहिरबाट जति सकें गरें, अब भूमिकामा पुगें भने परिवर्तन गरेर उदाहरणीय बन्ने छु ।’ उनले मानिसहरुले आफ्नो कुरालाई ध्यानपूर्वक सुनेकोमा खुशी व्यक्त गरे । पुराना र आफूलाई प्रमुख भनाउने दलहरुको व्यवहारबाट जनता वाक्क भएको भन्दै उनले आफ्नो पक्षमा माहौल बन्दै गएपछि अरु उम्मेदवार अत्तालिएको बताए । उनले पार्टीका नेताले देख्लान् भनेर आफूहरुसँग लुकेर भेटेको बताएका छन् । उनले आधुनिक कृषि खेतीलाई पनि जोड दिएका छन् । उन्नत प्रविधि भित्र्याएर कृषि क्रान्ति गर्ने सोचमा रहेका उनले भने ‘हामीसँग प्रशस्तै स्रोत र सम्भावना छ त्यसलाई पूर्ण रुपमा उपयोग गरेर कसरी बढी आम्दानी गर्न सकिन्छ भन्ने मलाई थाहा छ ।’

भ्रष्टाचार नियन्त्रण र सुशासन पार्टीको प्रमुख एजेण्डा भएकाले उनले पनि त्यसलाई मुख्य विषय बनाएका छन् । उनले हरेक वडामा व्यवस्थित र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सबै वडामा कम्तीमा एउटा एम्बुलेन्स व्यवस्थापन गर्ने, जोखिमयुक्त वस्तीलाई व्यवस्थित गर्ने, सबै दलसँग समन्वय गरी विकास निर्माणमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।
न्यौपानेले आफ्नो क्षेत्रका हरेक स्थानीय तहमा गुनासो केन्द्र स्थापना गर्ने, १२ कक्षासम्म शिक्षा निःशुल्क गर्ने, आवश्यकता अनुसार पक्की तथा झोलुंगे पुल निर्माण गर्ने, भट्टेडाँडामा प्राविधिक विद्यालय सञ्चालन गर्ने, कोल्ड स्टोर स्थापना गर्ने, गुण्डागर्दी उन्मुलनको लागि नीतिगत व्यवस्था गरी कानुनी राज्यको प्रत्याभूति गराउने, बृद्ध र महिलाहरुलाई आ–आफ्नो धर्म अनुसारको धार्मिक स्थलको भ्रमण गराउनेलगायतका महत्वपूर्ण योजना बनाएका छन् ।

यो क्षेत्रमा ३७ हजार ६ सय २४ मतदाता रहेका छन् । वागमति गाउँपालिकाका ७ वटा वडा, कोञ्ज्योसोम गाउँपालिकाका २ र ३ नम्बर वडा र गोदावरी नगरपालिकाका ६, ७, ८, ९, १० र ११ वडा रहेका छन् ।

177 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal