बालेन शाहलाई निर्वाचन आयोगले सोध्यो” स्पष्टीकरण, हामी नेपाली पार्टीसँग तपाईको आवद्धता छ, कि छैन ?
काठमाडौं, १९ कार्तिक । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई स्पष्टीकरण सोधेको छ । हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले (जय लौरो)नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचार-प्रसारबारे स्पष्टीकरण सोधेको हो ।
देशको राजधानी शहर समेत रहेको महानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भई कार्यभार सम्हालेको अवस्थामा हाम्रो नेपाली दलसँग कुनै आबद्धता नै भएको जस्तो गरी शाहको तस्बिर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा आयोगले ध्यानाकर्षणसहित पत्रपठाएको हो ।
उल्लेखित सन्दर्भमा हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानूनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्रप्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन आयोगको निर्देशन छ ।
आयोगले शाहलाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आबद्धता छ” छैन र हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आबद्धता छैन भने त्यस दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले त्यो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयोग नेपालले कुनै पनि तवरबाट निर्वाचनको स्वच्छता र निष्पक्षता कायम रहोस् भनी सदैव चासो राख्दछ । संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानूनको आधारमा निर्वाचन सम्पन्न गर्ने क्रममा कानूनको परिकल्पना भन्दा बाहिरका उपायहरू प्रविधिमार्फत अवलम्बन गरी निर्वाचन कानून बाहेकका कानूनको उल्लंघन हुनसक्ने विषयमा समेत आयोग सचेत छ ।आयोगको स्पष्टीकरणमा भनिएको छ ।”
ताजा
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
रास्वपाका सन्तोष परियारले छाडे पार्टी
२०८२ कार्तिक २८ गते, शुक्रबार
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
२०८२ कार्तिक २७ गते, बिहीबार
डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ
२०८२ कार्तिक २७ गते, बिहीबार
शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल
२०८२ कार्तिक २७ गते, बिहीबार
चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता
२०८२ कार्तिक २७ गते, बिहीबार
निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर
२०८२ कार्तिक २७ गते, बिहीबारकेपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत
२०८२ कार्तिक २७ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





