सांस्कृतिक कार्यक्रममा समीक्षामाथि ढुङ्गा प्र,हार

२०७९ कार्तिक १९ गते, शनिबार

गायिका समीक्षा अधिकारीमाथि संखुवासभामा ढुङ्गा प्र,हार भएकाे छ। संखुवासभा खाँदबारी पाङ्ठामा एक साङ्गीतिक कार्यक्रममा अधिकारीमाथी ढुङ्गा प्रहार भएकाे हाे।

सांगीतिक कार्यक्रम प्रस्तुत गरिरहँदा उनीमाथि ढुङ्गा प्र,हार गरिँदा तनाब उत्पन्न भएको थियो भने कार्यक्रमस्थल खैलाबैला भएको थियो।

ढुङ्गा प्रहार गरिए पश्चात समीक्षाले स्टेजबाटै यसो नगरिदिनुस् तपाईंको घरमा पनि दिदी बहिनी होला, राम्राे, नराम्रो भन्ने त जसकाे पनि भइहाल्छ नि भन्ने आसय व्यक्त गरेकी छिन्।

मतदातालाई कांग्रेस नेतृ डिनाको आश्वासन- चुनाव सकिएको भोलिपल्टबाटै लालपुर्जा बाँड्छौँ

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले निर्वाचन सम्पन्न भएको भोलिपल्टदेखि लालपुर्जा वितरणको काम थालिने बताइन्।

मकवानपुरको बागमती गाउँपालिकामा आयोजित लोकतान्त्रिक बामगठबन्धनको चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उपाध्यायले यस क्षेत्रमा लालपुर्जाको समस्या रहेको बताउँदै पुर्जा वितरणलाई व्यापकता बनाइने बताइन्। चुनाव लागेसँगै उम्मेदवारहरूले जनतालाई विभिन्न आश्वासन बढिरहेका छन्।

यस क्षेत्रको मूख्य स,मस्या भनेको लालपुर्जाको समस्या रहेछ, भूमि आयोगले जग्गा नापी गर्ने काम गरिरहेको छ, चुनाव सकिएको भोलिदेखि नापी नभएका जग्गाहरूको नापी हुन्छ, नापी भइसकेको जग्गाको लालपुर्जा वितरण गरिनेछ, उनले भनिन्।

यसअघि जितेर गएका उम्मेदवार फर्केर नआएको गुनासोप्रति इङ्गित गर्दै उम्मेदवार ‘डिनाले आफू जनताकै काम गर्न आएको र यही जनताकै माझमा बसेर काम गर्ने दाबी गरेकी हुन्। उनले भनिन् –‘म मेरो ठाउँलाई यस्तो बनाउन चाहन्छु, भोलि म मरेर गए पनि मेरो सन्तानले गर्व गरोस् भन्ने म चाहन्छु।’

उम्मेदवार ‘डिना’ ले पालिकामा झोलुङ्गे पुल निमार्णमा गराएरै छाड्ने दाबी गरिन् । राइगाउँ –तालढुंगा –क्यानटिङ सडक राष्ट्रिय गौरवको आयोजनाको डिपिआर भैसकेको बताउँदै उनले त्यसलाई पूर्णता दिन प्रदेशको बजेट पर्याप्त नहुने र सङ्घीय बजेट ल्याउने जिम्मेवारी आफ्नो भएको समेत प्रस्ट्याइन्।

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal