प्रधान-मन्त्री कप क्रिकेटमा पुलिस क्लब र मधेस प्रदेश विजयी
काठमाण्डाै =प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा आज बिहीवार भएकाे खेलमा नेपाल पुलिस क्बल र मधेस प्रदेश विजयी भएका छन् ।
लगातार तेस्रो जित निकाल्ने क्रममा पुलिसले लुम्बिनी प्रदेशलाई ६, विकेटले हरायो । कीर्तिपुर मैदानमा लुम्बिनीले दिएको एक सय ८९, रनको लक्ष्य पुलिसले ३७, ओभर १ बलमा मात्र चार विकेट गुमाएर भेटायो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ४३ रन बनाए । यस्तै सुनिल धमलाले ३६, आरिफ शेखले ३५ र कुशल भुर्तेलले ३२ रन बनाए । लुम्बिनीका अनिल खरेलले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि देव खनालले ७४ रन बनाए । बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले चार तथा करण केसी र सागर ढकालले २/२विकेट लिए । पुलिस लगातार तीन जितसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । लुम्बिनी तेस्रो स्थानमा छ ।
आजै मूलपानी मैदानमा भएको खेलमा मधेस प्रदेशले प्रदेश १ लाई ७२ रनले हरायो । मधेसले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको प्रदेश १ एक सय ४२ रन बनाउँदा अल आउट भयो । उसका लागि लभ कामतले २९, विवेक आनन्द मेहेताले २५ र फिरदोस अन्सारीले २२ रन बनाए । बलिङतर्फ मधेसका मोहम्मद आदिल आलम, रूपेश सिंह, प्रदीप पासवान र विशाल शुस्लिङले दुई/२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मधेसका लागि अनिल साहले ६१, विवेक यादवले ३२ र रोहन विकले २८ रन बनाए । बलिङतर्फ प्रदेश १ का लागि फिर्दाेश अन्सारीले पाँच विकेट लिए ।समूह ‘बी’ मा मधेस दोस्रो र प्रदेश १ चौथो स्थानमा छन् ।
गएकाे आइतवारदेखि सुरु भएको प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरीएको छ । समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश १ रहेका छन् ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । यस्तै उपविजेताले पाँच लाख र सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार रुपैयाँ पाउने छन् ।
ताजा
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
२०८३ भाद्र १६ गते, मंगलवार
बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
२०८३ भाद्र १६ गते, मंगलवार
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
२०८३ भाद्र १६ गते, मंगलवारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





