प्रधान-मन्त्री कप क्रिकेटमा पुलिस क्लब र मधेस प्रदेश विजयी

काठमाण्डाै =प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा आज बिहीवार भएकाे खेलमा नेपाल पुलिस क्बल र मधेस प्रदेश विजयी भएका छन् ।
लगातार तेस्रो जित निकाल्ने क्रममा पुलिसले लुम्बिनी प्रदेशलाई ६, विकेटले हरायो । कीर्तिपुर मैदानमा लुम्बिनीले दिएको एक सय ८९, रनको लक्ष्य पुलिसले ३७, ओभर १ बलमा मात्र चार विकेट गुमाएर भेटायो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ४३ रन बनाए । यस्तै सुनिल धमलाले ३६, आरिफ शेखले ३५ र कुशल भुर्तेलले ३२ रन बनाए । लुम्बिनीका अनिल खरेलले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि देव खनालले ७४ रन बनाए । बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले चार तथा करण केसी र सागर ढकालले २/२विकेट लिए । पुलिस लगातार तीन जितसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । लुम्बिनी तेस्रो स्थानमा छ ।
आजै मूलपानी मैदानमा भएको खेलमा मधेस प्रदेशले प्रदेश १ लाई ७२ रनले हरायो । मधेसले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको प्रदेश १ एक सय ४२ रन बनाउँदा अल आउट भयो । उसका लागि लभ कामतले २९, विवेक आनन्द मेहेताले २५ र फिरदोस अन्सारीले २२ रन बनाए । बलिङतर्फ मधेसका मोहम्मद आदिल आलम, रूपेश सिंह, प्रदीप पासवान र विशाल शुस्लिङले दुई/२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मधेसका लागि अनिल साहले ६१, विवेक यादवले ३२ र रोहन विकले २८ रन बनाए । बलिङतर्फ प्रदेश १ का लागि फिर्दाेश अन्सारीले पाँच विकेट लिए ।समूह ‘बी’ मा मधेस दोस्रो र प्रदेश १ चौथो स्थानमा छन् ।
गएकाे आइतवारदेखि सुरु भएको प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरीएको छ । समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश १ रहेका छन् ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । यस्तै उपविजेताले पाँच लाख र सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार रुपैयाँ पाउने छन् ।
ताजा

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने
२०८२ असार २७ गते, शुक्रबार
सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक
२०८२ असार २७ गते, शुक्रबार
‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न
२०८२ असार २७ गते, शुक्रबार
आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै
२०८२ असार २६ गते, बिहीबार
भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प
२०८२ असार २६ गते, बिहीबार
‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’
२०८२ असार २६ गते, बिहीबार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
बाढीका कारण एक अर्बभन्दा बढीको क्षति
२०८२ असार २६ गते, बिहीबारलोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार