सत्यमाेहन जाेशीकाे कीर्ति र योगदानबाट सिकेर देशको विकासमा लाग्छाैँ : प्रधानमन्त्री देउवा

२०७९ कार्तिक १२ गते, शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कामहरू देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले जाेशीले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्‍याउनुभएको योगदान र लेख्नुभएको कीर्ति संरक्षण गर्दै देश विकास गर्न सके उहाँको साँचो अर्थमा कदर हुने उल्लेख गर्नुभयाे ।

 

 

स्वर्गीय जोशीको १३ औँ पुण्यतिथिको अवसरमा आज शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संस्कृतिविद् जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रूपमा आफूले चिनेको पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साक्षीकाे रूपमा जोशी रहनुभएकाले उहाँलाई देश र जनताले कहिल्यै पनि नबिर्सने बताउनुभयो ।

 

 

 

नेपालको भाषा, साहित्य र संस्कृतिलाई माया गर्ने देशको निधिको रूपमा चित्रण गर्दै जाेशीलाई सरकारले त्यसै कारण शताब्दी पुरुषको रूपमा सम्मान गरेको उहाँले स्मरण गराउनुभयो ।

 

 

 

प्रधानमन्त्री देउवाले जोशीको निधनबाट देशले ठूलो क्षति बेहाेर्नुपरेको उल्लेख गर्दै उहाँले राख्नुभएको कीर्ति र योगदानबाट सिकेर देशको विकासमा लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

 

 

 

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको चाहना पूरा गर्न नेपाल भाषालाई व्यावहारिकरूपमै प्रयोगमा ल्याउने कामलाई आफूले तत्काल अघि बढाउने प्रतिबद्धता जनाउनुभयाे । उहाँले जोशीले नेपालको संस्कृतिको क्षेत्रमा पुर्‍याएकाे योगदानको सरकारले सधैँ कदर गर्ने पनि बताउनुभयो ।

198 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal