सत्यमाेहन जाेशीकाे कीर्ति र योगदानबाट सिकेर देशको विकासमा लाग्छाैँ : प्रधानमन्त्री देउवा

२०७९ कार्तिक १२ गते, शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कामहरू देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले जाेशीले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्‍याउनुभएको योगदान र लेख्नुभएको कीर्ति संरक्षण गर्दै देश विकास गर्न सके उहाँको साँचो अर्थमा कदर हुने उल्लेख गर्नुभयाे ।

 

 

स्वर्गीय जोशीको १३ औँ पुण्यतिथिको अवसरमा आज शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संस्कृतिविद् जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रूपमा आफूले चिनेको पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साक्षीकाे रूपमा जोशी रहनुभएकाले उहाँलाई देश र जनताले कहिल्यै पनि नबिर्सने बताउनुभयो ।

 

 

 

नेपालको भाषा, साहित्य र संस्कृतिलाई माया गर्ने देशको निधिको रूपमा चित्रण गर्दै जाेशीलाई सरकारले त्यसै कारण शताब्दी पुरुषको रूपमा सम्मान गरेको उहाँले स्मरण गराउनुभयो ।

 

 

 

प्रधानमन्त्री देउवाले जोशीको निधनबाट देशले ठूलो क्षति बेहाेर्नुपरेको उल्लेख गर्दै उहाँले राख्नुभएको कीर्ति र योगदानबाट सिकेर देशको विकासमा लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

 

 

 

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको चाहना पूरा गर्न नेपाल भाषालाई व्यावहारिकरूपमै प्रयोगमा ल्याउने कामलाई आफूले तत्काल अघि बढाउने प्रतिबद्धता जनाउनुभयाे । उहाँले जोशीले नेपालको संस्कृतिको क्षेत्रमा पुर्‍याएकाे योगदानको सरकारले सधैँ कदर गर्ने पनि बताउनुभयो ।

186 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal