इटालीको कोरोना–फ्री गाउँ, जहाँ स्थानीय सरकारले गर्दैछ १ युरोमै घर बिक्री

२०७७ असार १ गते, सोमबार

कोरोनाभाइरस (कोभिड–१९) बाट अति प्रभावित देशहरुको सूचीमा पर्छ, इटाली । तर यहाँको दक्षिणी शहर कलाब्रियास्थित सानो गाउँ चिन्कोफ्रोन्डीमा अहिलेसम्म कोभिड–१९ का बिरामी भेटिएका छैनन् ।

अनि, कसैले यो ‘कोरोना फ्री’ गाउँमा बस्न चाहन्छ भनेपनि उसले पैसाका कारण टाउको दुखाउनुपर्दैन, किनकी यहाँ केवल १ युरो अर्थात् नेपाली १ सय ३६ रुपैयाँ ६५ पैसामा घर पाइन्छ ।

इटलीमा लकडाउन खुकुलो भएसँगै सुरु गरिएको यो अभियानलाई मेयर मिसेल कोनियाले ‘अपरेशन ब्युटी’ भनेका छन् ।  ‘हामी ताजगी ल्याउने पहाड र दुई न्यानो समुन्द्रबीचबाट उठ्नेछौं । सुन्दर नदी नजिकैबाट बग्छ र समुन्द्री किनार कारबाट १५ मिनेटमा पुग्न सकिन्छ । तर, मेरो गाउँका सबै क्षेत्र मरुभूमिजस्तो बनेका छन्, खाली घरहरु अस्थिर र जोखिम समेत बनेका छन्,’ कोनियाले भने ।

यस गाउँको जनसंख्या बढाउनका लागि नै यति सस्तो मूल्यमा यी घरहरु प्रस्ताव गरिएको हो । यहाँका, युवाहरु जागिर खोज्दै ठूला शहरमा पुगेर बसेका छन् । त्यसैले चिन्कोफ्रोन्डी नयाँ मानिसहरुलाई गाउँमा स्वागत गर्न चाहन्छ । ‘धेरैजसो खाली घरहरुका लागि नयाँ मालिकको खोजी गर्नु नै अपरेशन ब्युटी अभियानको महत्वपूर्ण पाटो हो । मैले यस गाउँका हराएका  मासिएका संरचनालाई फेरि रिकभर गर्ने सोचेको छु,’ कोनियाले भने ।

अहिले यस योजनाअन्तर्गत १२ वटा घर उपलब्ध छन् र गाउँभर ५० भन्दा धेरै खाली घर छन् । ‘यदि हामीसँग ठूलो माग आयो भने दशकौंदेखि खाली भएका अन्य सबै भवनलाई स्वामित्वमा लिनसक्छौं किनकी पुराना मालिकहरु कहीँ पनि भेटिँदैनन् ,’ कोनियाले भने ।

यस योजनाअन्तर्गत चिन्कोफ्रोन्डीमा घर किन्नेले प्रक्रिया र घरको पुननिर्माण पूरा नभएसम्म वार्षिक रुपमा पोलिसी इन्सुरेन्स शुल्क २ सय ५० युरो बुझाउनुपर्छ । त्यस्तै, समयमै घर पुनर्निर्माण गर्न पनि जरुरी छ । अन्यथा, चर्को जरिवाना तिर्नुपर्ने हुन्छ । तीन वर्षसम्म घरको स्टाइल पूरा भएन भने २० हजार जरिवाना तिर्नुपर्न यस योजनाको नियम छ ।

यद्यपी चिन्कोफ्रोन्डीका घरहरु पनि साना आकारका छन्, झन्डै ३ सय २३ स्क्वायर फिटदेखि ४ सय ३० स्क्वायर फिटसम्म , जसको अर्थ पुनर्निर्माणमा पनि कम समय र पैसा खर्च हुनेछ । ‘घर किन्ने नयाँ मानिस यस परियोजनाप्रति प्रतिवद्ध भइसकेपछि हामीले केवल उनीहरुसँग निश्चितता मात्रै खोज्ने हो । यहाँ पोलिसी शुल्क निकै कम छ र १० हजारदेखि २० हजार युरो वा बढीमा ११ हजारदेखि २३ हजार युरोसम्म घरको पुनर्निर्माण भइसक्नेछ किनकी यहाँका घरहरु साना छन्,’ कोनियाले भनेका छन् ।

सीएनएन

367 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal