पर्वत पहिरो अपडेट : ९ जनाको शव भेटियो
पर्वत : पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिवार राति पहिरोले घर पुरिँदा बेपत्ता भएका १० जनामध्ये ९ जनाको शव भेटिएको छ। पहिरोमा पुरिएका स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीया मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीया डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीया कमला विक, प्रमिश विक र ७ वर्षीया प्रमिशा विकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ।
पहिरोमा पुरिएका १३ वर्षीय जेनिश विक भने अहिलेसम्म भेटिएका छैनन्। फेला परेका सबै शवलाई पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पताल ल्याइएको छ। पानी परिरहेकाले खोजीकार्य प्रभावित भएको प्रहरीले जानकारी दिएको छ। आइतबार साँझ ६ बजेबाट २ घण्टासम्म भएको भीषण वर्षापछि घरहरू रहेको ठाउँभन्दा झन्डै ३ सय मिटर माथिको वन क्षेत्रबाट पहिरो खसकेो थियो। पहिरोमा परी मृत्यु भएकाहरूमध्ये कमला, प्रमिशा र बेपत्ता रहेका जेनिश बिक एउटै परिवारका हुन भने मृत अवस्थामा फेला परेका अन्य ६ जना एउटै परिवारका हुन्।
पहिरोले कुल ३ घरमा प्रत्यक्ष असर गरेकोमा कमला र तुलबहादुरको घरको निसान समेत नरहने गरी पुरेको छ। गाउँमा नै पसल सञ्चालन गर्दै आएका भुवन गिरीको घरमा केही क्षति भएको छ। घर रहेको स्थान नै नचिनिने गरी पहिरोले लगेका कारण बेपत्ता भएकाको खोजीका लागि पहिरो स्थानको धेरै भागमा कोदाली र गैँतीले खन्नुपरेको छ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





