इटालीको कोरोना–फ्री गाउँ, जहाँ स्थानीय सरकारले गर्दैछ १ युरोमै घर बिक्री
कोरोनाभाइरस (कोभिड–१९) बाट अति प्रभावित देशहरुको सूचीमा पर्छ, इटाली । तर यहाँको दक्षिणी शहर कलाब्रियास्थित सानो गाउँ चिन्कोफ्रोन्डीमा अहिलेसम्म कोभिड–१९ का बिरामी भेटिएका छैनन् ।
अनि, कसैले यो ‘कोरोना फ्री’ गाउँमा बस्न चाहन्छ भनेपनि उसले पैसाका कारण टाउको दुखाउनुपर्दैन, किनकी यहाँ केवल १ युरो अर्थात् नेपाली १ सय ३६ रुपैयाँ ६५ पैसामा घर पाइन्छ ।
इटलीमा लकडाउन खुकुलो भएसँगै सुरु गरिएको यो अभियानलाई मेयर मिसेल कोनियाले ‘अपरेशन ब्युटी’ भनेका छन् । ‘हामी ताजगी ल्याउने पहाड र दुई न्यानो समुन्द्रबीचबाट उठ्नेछौं । सुन्दर नदी नजिकैबाट बग्छ र समुन्द्री किनार कारबाट १५ मिनेटमा पुग्न सकिन्छ । तर, मेरो गाउँका सबै क्षेत्र मरुभूमिजस्तो बनेका छन्, खाली घरहरु अस्थिर र जोखिम समेत बनेका छन्,’ कोनियाले भने ।
यस गाउँको जनसंख्या बढाउनका लागि नै यति सस्तो मूल्यमा यी घरहरु प्रस्ताव गरिएको हो । यहाँका, युवाहरु जागिर खोज्दै ठूला शहरमा पुगेर बसेका छन् । त्यसैले चिन्कोफ्रोन्डी नयाँ मानिसहरुलाई गाउँमा स्वागत गर्न चाहन्छ । ‘धेरैजसो खाली घरहरुका लागि नयाँ मालिकको खोजी गर्नु नै अपरेशन ब्युटी अभियानको महत्वपूर्ण पाटो हो । मैले यस गाउँका हराएका मासिएका संरचनालाई फेरि रिकभर गर्ने सोचेको छु,’ कोनियाले भने ।
अहिले यस योजनाअन्तर्गत १२ वटा घर उपलब्ध छन् र गाउँभर ५० भन्दा धेरै खाली घर छन् । ‘यदि हामीसँग ठूलो माग आयो भने दशकौंदेखि खाली भएका अन्य सबै भवनलाई स्वामित्वमा लिनसक्छौं किनकी पुराना मालिकहरु कहीँ पनि भेटिँदैनन् ,’ कोनियाले भने ।
यस योजनाअन्तर्गत चिन्कोफ्रोन्डीमा घर किन्नेले प्रक्रिया र घरको पुननिर्माण पूरा नभएसम्म वार्षिक रुपमा पोलिसी इन्सुरेन्स शुल्क २ सय ५० युरो बुझाउनुपर्छ । त्यस्तै, समयमै घर पुनर्निर्माण गर्न पनि जरुरी छ । अन्यथा, चर्को जरिवाना तिर्नुपर्ने हुन्छ । तीन वर्षसम्म घरको स्टाइल पूरा भएन भने २० हजार जरिवाना तिर्नुपर्न यस योजनाको नियम छ ।
यद्यपी चिन्कोफ्रोन्डीका घरहरु पनि साना आकारका छन्, झन्डै ३ सय २३ स्क्वायर फिटदेखि ४ सय ३० स्क्वायर फिटसम्म , जसको अर्थ पुनर्निर्माणमा पनि कम समय र पैसा खर्च हुनेछ । ‘घर किन्ने नयाँ मानिस यस परियोजनाप्रति प्रतिवद्ध भइसकेपछि हामीले केवल उनीहरुसँग निश्चितता मात्रै खोज्ने हो । यहाँ पोलिसी शुल्क निकै कम छ र १० हजारदेखि २० हजार युरो वा बढीमा ११ हजारदेखि २३ हजार युरोसम्म घरको पुनर्निर्माण भइसक्नेछ किनकी यहाँका घरहरु साना छन्,’ कोनियाले भनेका छन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





