आजदेखि सबै सरकारी कार्यालय खुल्ने
काठमाडौं : कोरोना भाइरस नियन्त्रणका लागि सरकारले बन्दाबन्दी गरेको ८३ दिनपछि आजदेखि सबै कार्यालय स्वास्थ्य सुरक्षा मापदण्डसँगै खुला हुँदै छ। लकडाउनले सर्वसाधारण नागरिकको दैनिकी चलाउन समस्या भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह गर्ने गरी सरकारले खुलाउन लागेको हो। मन्त्रिपरिषद्ले गत साता नै बन्दाबन्दीको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो।
सङ्घीय मामिला तथा सामान्य मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी कार्यालय खोल्ने तयारी गरिएको हो। मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले सरकारले बनाएको आवश्यक स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सोमबारदेखि सबै सेवा सुचारू गर्न लागिएको बताए।
आर्थिक वर्ष सकिनै लाग्दा सर्वसाधारण, व्यवसायी, कम्पनी र सङ्घसंस्थाको वार्षिक लेखा तथा कर फछ्र्योट गर्नुपर्ने भएकाले कार्यालयहरू खुलाउनु जरुरी भएकाे अधिकारीको भनाइ छ। आजदेखि सबै कार्यालय दुई सिफ्टमा सञ्चालन हुनेछन्। पहिलो चरणमा बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो चरणमा १ देखि साँझ ६ बजेसम्म कार्यालय खुला गर्न लागिएको हो।
कार्यालयमा कार्यरत कुल कर्मचारीको आधा कर्मचारी पहिलो सिफ्टमा र बाँकी आधा कर्मचारी अर्को सिफ्टमा सेवा प्रवाह गर्ने गरी व्यवस्था गरिएको छ। सर्वसाधारणलाई सहज र छिटो सेवा प्रवाह गर्न सरकारले एकै दिन दुई सिफ्टमा सेवा प्रवाह गर्न लागेको हो । सेवाग्राहीको चाप अनुसार कार्यालयको समय तोकिएभन्दा बढी कायम गर्ने अख्तियारी कार्यालय प्रमुखलाई दिइएको मन्त्रालयले जनाएको छ।
ताजा
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबार
‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा
२०८३ श्रावण २० गते, बुधबार
हलमा छैन ‘गौँथली’को टिकट
२०८३ श्रावण १९ गते, मंगलवार
‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न
२०८३ श्रावण १९ गते, मंगलवार
अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ श्रावण १९ गते, मंगलवार
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
२०८३ श्रावण १८ गते, सोमबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





