गोरखामा पनि जोरबिजोर प्रणाली :   ‘सडकमा सवारी चापसँगै संक्रमणको जोखिम उच्च’

२०७७ असार १ गते, सोमबार

अश्विन दानी । मुलुकमा जारी लकडाउन खुकुलो भएसँगै यातायात सञ्चालनबारे सरकारले ४ पाङ्ग्रे र २ पाङ्ग्रे निजी सवारी सञ्चालनका बिषयमा लागु गरेको जोर बिजोर प्रणाली आईतबारदेखि गोरखामा पनि लागु भएको छ ।

गृहले सबै निजी सबारीमा जोर बिजोुर प्रणाली लागु हुने भनेपनि चार पाङ्ग्रे  सवारीमा मात्रै यो प्रणाली लागु हुने जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख मित्र लाल ढकाल बताउँछन् ।

‘यो प्रणाली चार पाङ्ग्रे निजी सवारीमा मात्रै लागु हुुन्छ दुुई पाङ्ग्रेमा हुँदैन’, ट्राफिक प्रमुख ढकालले भने, ‘अबदेखि चार पाङ्ग्रे आफ्नो गाडीको पछाडीको अंक जोर भएका हरु जोर दिनमा र बिजोर भएका हरु बिजोर दिनमा चालकसहित बढिमा ३ जना बसेर जिल्लाको जुनसुकै ठाउँमा आउजाउ गर्न पाउँछन् । दुुई पाङ्ग्रेमा भने हरेक दिन चालक मात्रै जिल्लाको जुनसुकै ठाउँमा आउजाउ गर्न पाउँछन् ।’

अत्यावश्यक काम परेको समयमा दुुई पाङ्ग्रेमा पनि दुुई जना आउजाउ गर्न पाउने उनले बताए । ‘जोर बिजोर प्रणाली लागुभएपछि दुुई पाङ्ग्रेमा दुुई जना चढ्नै नपाउने भन्ने हुँदैन’, उनले भने, ‘कोही बिरामी भए
अथवा कतै दुर्घटना भयो । कुनै अत्यावश्यक काम पर्याे भने दुुई जना आउनै नपाउने भन्ने हुँदैन । ईमरजेन्सी परेको समयमा लकडाउनकै अबधीमा पनि प्रहरी ब्यबहारीक बनेको थियो । हामी निति नियम कार्वान्वयन गर्ने भएतापनि आम नागरिकहरुको दुख र पिडालाई कहिल्यै नजरअन्दाज गर्दैनौँ ।’

‘जोर बिजोर प्रणाली लागु भएसँगै सवारीको चाप बढ्दै’

जोर बिजोर प्रणाली लागु भएसँगै गोरखा सदरमुुकाममा मात्रै नभएर ग्रामिण सडकहरुमा पनि निजी सबारीको चाप अत्यन्तै बढेको छ  । मानिसहरु एक ठाउँबाट अर्काे ठाउँमा नजाउन भनेर लकडाउन गरिए पनि यो प्रणाली लागु गरेसँगै निजी सबारीको चाप बढ्न थालेको हो । जोर बिजोर प्रणाली लागु हुनु अघि दैनीक गोरखा सदरमुकाममा करिब एक सय सबारी ओहोरदोहोर गरेको देखिन्थ्यो । तर, अहिले हजारैँ निजी सबारीहरु खुलेआम आउजाउ गरिहरेका छन् ।

‘जोर बिजोर प्रणाली लागु गरेर सरकारले गल्ती गर्याे’

सरकारले ंजोर बिजोर प्रणाली लागु गरेर आम नागरिकहरुको मनोवल गिराउने काम गरेको मानब अधिकार सञ्जाल गोरखाका अध्यक्ष यद्युु प्रसाद अधिकारी तर्क गरे । ‘सरकारले अहिले गरेको कामले नागरिकहरुको मनोवल गिरिरहेको  छ’, अधिकारी भन्छन्, ‘संक्रमितको संङ्ख्या बढिरहेको छ । तर, यो अबस्थामा सबारी चल्न दिनु भनेको सम्भावित कोरोना संक्रमणको जोखिमलाई उच्च बनाउनु हो । सरकारले जोर बिजोर प्रणाली लागु गरेर गल्ती गर्दैछ ।’

सरकारले अझैँ करिब तीन हप्ता सबारी चल्न दिन नहुने उनी बताउँछन् । ‘मानब अधिकारको कुरा गर्दा एक ठाउँबाट अर्काे ठाउँमा मानिसहरु आउजाउ गर्न पाउनु पर्छ । तर, यो परिस्थतीमा ंत्यसले भयावह रुप नलेला भन्न सकिँदैन’, उनले भने, ‘त्यसैले अहिले सरकारले सबारी चल्न दिनुको साँटो बिस्तारै आम नागरिकहरुको मनोबल उच्च बनाउँदै । आबश्यक राहत बितरण गर्दै अघि बढ्नुु पर्ने देखिन्छ ।’

392 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal