गाईको किन पुजा गरिन्छ भन्ने जवाफ दिन पनि यो पढ्न पर्छ, गौरवको कुरा हो !

२०७९ कार्तिक ७ गते, सोमबार

हिन्दू धर्म,तिहारमा गौ पूजाको विशेष महत्व छ । हिन्दू धर्ममा गाईलाई आमा मानिएको छ । संसारको सबैभन्दा प्राचीन धर्मले एउटा सामान्य पशुलाई आमाको स्थान दिनु र यसको मल-मुत्रलाई परम पवित्र बस्तु मानिन्छ ।

 

आयुर्वेदमा त गौमुत्रलाई अति महत्वपूर्ण औषधिका रुपमा प्रयोग गर्ने गरिन्छ । पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘सुश्रुत संहिता’को सूत्रस्थान ४५औं अध्यायमा गौमूत्रका अनेकौं औषधीय गुणको वर्णन गरिएको छ ।

यस्तै, ३५ सय वर्ष पुरानो महषिर् वागभट्टद्वारा लिखित ‘अष्टांग हृदय संहिता’मा समेत गाईलाई प्रकृतिको अनुपम उपहार भनिएको छ । अष्टांग हृदय संहितामा गौमुत्र एक्लैले मात्र वात र कफ व्याधिलाई ठीक गर्छ भनिएको छ । अन्य औषधिहरुको साथमा प्रयोग गर्दा पित्त व्याधिलाई पनि निको पार्ने तथ्य पेश गरिएको छ ।

के छ गौमुत्रमा ? : गौमुत्र धेरै औषधि मिलेर बनेको जैविक घोल हो । यो एउटा यस्तो जैविक द्रव्य हो, जसमा हालसम्म २१ वटा धातुलगायत अन्य महत्वपूर्ण जैव रसायनहरु पाइएको छ ।

गौमूत्रमा पाइने धातुहरु तपसिल छन्- १) नाइट्रोजन- नाइट्रोजनलाई रगत शुद्घ गर्ने ग्यासको रुपमा बुझिएको छ । मात्रा ठीक भएमा यसले रगतमा भएका विषाक्त तत्वहरुलाई निकाल्छ । तर, मात्रा धेरै भएमा नाइटे्रटले हेमोग्लोबिनसँग प्रतिक्रिया गरी अक्सिजन वहन क्षमता र थाइराइड ग्रन्थिको कार्यक्षमता कम गरिदिन्छ ।

गौमुत्रमा हाम्रो शरीरलाई चाहिनेजति मात्रामा मात्र नाइट्रोजन पाइन्छ । नाइट्रोजनले मूत्रमार्गलाई उत्तेजित गर्नुका साथै मृगौलालाई सक्रिय बनाएर पिसाब लगाउँछ । नाइट्रोजनको अर्को रुप न्ााइटि्रक अक्साइडले मांशपेशीलाई शिथिल राख्नुका साथै मुटु र रक्तनली, स्नायू, प्रतिरक्षा र नशा-हड्डीलाई स्वस्थ राख्न अहम् भूमिका निर्वाह गर्छ ।

२) सल्फर- सल्फरले कार्टिलेज र हड्डीहरुको निर्माण, इन्सुलिनको उत्पादन, कोषका विषाक्त तत्वहरूको निष्कासन, रक्तनलीमा लचकता, छालामा निखार, कृमीनाश आदिमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

यसले ठूलो आन्द्राका मलको प्रवाह पनि सहज बनाउँछ । ३) अमोनिया- अमोनियाले पित्त, कफ र वायुलाई सन्तुलन गराउनुकासाथै रक्त निर्माणलाई पनि सहज बनाउँछ । ४) तामा- तामाले मष्तिस्कलाई सक्रिय बनाउनुका साथै प्रतिरक्षा प्रणालीलाई प्रोत्साहित गर्ने माइलिन-सिथलाई सुरक्षित गर्नुका साथै जोर्नी दुखाइका समस्याहरुमा राहत पुर्‍याउँछ ।

तामाले अनावश्यक रुपमा जमेर बसेको बोसो घटाउन मद्दत पुर्‍याउँछ । यसबाहेक यो धातुले बुढ्यौली रोकथाम गर्नुका साथै लौहतत्वको अवशोषणलाई बढाउने, राता रक्तकोष बन्ने क्रियालाई सघाउने, आँखा, केश र छालाको वर्णलाई जस्ताको त्यस्तै राख्न मद्दत पुर्‍याउँछ ।

५) फलाम- फलाम राता रक्तकोष बन्न चाहिने धातु हो । यसले हेमोग्लोबिनको मात्रा नियन्त्रण गर्नुका साथै शरीरको तापक्रम नियन्त्रित गर्ने, मस्तिष्कको विकासमा सहयोग पुर्‍याउने मांशपेसी स्वस्थ राख्ने, एनिमिया ठीक गर्ने, रेस्टलेस लेग सिन्ड्रोम ठीक गर्ने, निन्द्रा लगाउन मद्दत गर्ने, धेरै प्रोटिनमा को-ˆयाक्टरका रुपमा काम गर्छ ।

६) युरिया- युरिया कीटनाशक रसायन हो । युरियाले छालाको आदर्रतालाई बचाइराख्नुका साथै छालामा भएका मृतकोषहरु हटाउन मद्दत गर्छ । यसले रगतमा भएका अनावश्यक तत्व बाहिर निकाल्न, पिसाब बन्न सघाउने र मृगौलालाई स्वस्थ राख्छ ।

 

७) युरिक एसिड- रगतमा युरिक एसिड बढ्दा गौटबाथ रोग लाग्ने तथ्य धेरैलाई थाहा छ । तर, युरिक एसिडले स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे धेरै जना अनविज्ञ छौं । युरिक एसिड एउटा बलवान एन्टि-अक्सिडेन्ट हो । यसले मुटु र रक्तनलीका रोग, क्यान्सर र न्युन रक्तचाप ठीक गर्न मद्दत पुर्‍याउँछ ।

८) फोस्फेट- फोस्फेट मुख्य रुपमा हड्डीको घटक द्रव्य हो । यसले हड्डी बलियो बनाउन, पिसाब लगाएर रक्तशुद्घ गिर्नुका साथै मुत्रमार्गबाट पत्थरी पैदा गर्ने तत्वहरु हटाएर मृगौलालाई मजबुत बनाउँछ ।

फोस्फेट राम्रो ब्लड बफर पनि हो । यसले मस्तिष्कको कामलाई पनि सहज बनाउन मद्दत गर्छ । ९) सोडियम- सोडियम स्नायु र मांशपेशीको क्रियालाई सहज राख्न आवश्यक तत्व हो । शरीरमा तरल पदार्थ र रगतको आयतन नियन्त्रणलगायत महत्वपूर्ण जैविक क्रियाका लागि यो तत्व आवश्यक हुन्छ । सोडियम राम्रो रक्त शोधक र अम्लनासक हो ।

१०) पोटासियम- यसले स्नायु र मांशपेशीको क्रियालाई दुरुस्त राख्ने हड्डीहरुको कमजोरी कम गर्ने, भोक लगाउने, शारीरिक कमजोरी र थकानमाथि विजय प्राप्त गर्न मद्दत गर्छ । ११) म्यागनिज- यसले हानिकारक कीटाणुहरुको वृद्धि रोक्छ । र, चोट पटकबाट हुने क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुर्‍याउँछ ।

यसका अलावा यसले ब्लड सुगर नियन्त्रण, थाइराइड ग्रन्थीको कार्यक्षमता कायम राख्ने, पाचन र उपपाचन क्रियालाई नियन्त्रित गर्ने पि्रीमिन्ट्रूअल सिन्ड्रोम, अस्टियोपिनिया -रेडिकल इन्जुरी कम गर्नुका साथै ढाडको हड्डीमा मिनिरलहरुको स्तरलाई कायम राख्छ ।

१२) कार्बोलिक एसिड- यो एउटा कीटन्ााशक तत्व हो । यसले किटाणुको वृद्घ रोक्छ । यसको ५५ सोलुसनले छालाको चिलचिलाहट नाश गर्ने, र १५ सोलुसन मुखशुद्घमिा प्रयोग गरिन्छ । १३) क्याल्सियम- क्याल्सियम हाम्रो शरीरमा सबैभन्दा धेरै चाहिने तत्व हो ।

यस तत्वले हड्डीहरु मजबुत बनाउने, रक्त शुद्ध बनाउने, रगत जम्न मद्दत गर्ने र दाँतलाई मजबुत बनाउँछ । १४) नुन- यसले रगतको अम्लीयपनलाई नाश गर्नुका साथै कीटाणुहरुलाई पनि नष्ट गर्छ ।

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो

२०८३ असार ३२ गते, बिहीबार

इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक अर्जेन्टिना विश्वकप फाइनलमा

२०८३ असार ३२ गते, बिहीबार

‘माया भनेकै यस्तो होला’को पोस्टरमा दीलको हल्दी डे

२०८३ असार ३१ गते, बुधबार

आजदेखि बजारमा भरी सिलिण्डर ग्यास

२०८३ असार ३१ गते, बुधबार

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

२०८३ असार ३१ गते, बुधबार

कित्ताकाटसम्बन्धी व्यवस्थामा भएको प्रतिबन्धात्मक वाक्यांशको अपव्याख्या गरिएको भन्दै नेपाल लेखापढी व्यावसायी एसोसिएसनको आपत्ति

२०८३ असार २९ गते, सोमबार

‘हर्मुज जलमार्ग बन्द, अमेरिकासँग ‘वारपार’ को स्थिति

२०८३ असार २८ गते, आईतवार

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ 

२०८३ असार २७ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal