भक्तपुरमा यस्तो छ नेमकिपाको चुनावी माहोल

२०७९ कार्तिक ४ गते, शुक्रबार

भक्तपुर । विगत लामो समयदेखि भक्तपुरको १ नं. क्षेत्रलाई नेपाल मजदुर किसान पार्टीले आफ्नो लालकिल्ला बनाउँदै आएको छ । भक्तपुर क्षेत्र नम्बर १ यस्तो निर्वाचन क्षेत्र हो, जहाँ नेपाल मजदुर किसान पार्टी अपराजित रहँदै आएको छ । २०४८ सालदेखि २०७४ सालसम्म भएका संसदीय निर्वाचनमा कुनै पनि दलले भक्तपुर–१ मा नेमकिपालाई पराजित गर्न सकेको छैन ।

अघिल्लो पटक यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रेम सुवाल यो पटक पनि चुनावी मैदानमा छन् । भक्तपुर–१ को प्रदेशसभा (क) मा सुरेन्द्र गोसाई पनि उम्मेदवारको रुपमा दोहोरिएका छन् । अघिल्लो प्रतिनिधिसभामा नेपाल मजदुर किसान पार्टीको जम्मा एक सिट थियो । नेमकिपाबाट निर्वाचित एकमात्र सांसद सुवालले संसदमा सदाबहार प्रतिपक्षी दलको भूमिका निर्वाह गरेका थिए । यो पटक पनि नेमकिपाले उनै सुवाललाई भक्तपुर–१ मा प्रतिनिधिसभाको उम्मेदवारको रुपमा अघि सारेको छ । लामो समयदेखि ख्वप विश्वविद्यालयको माग गर्दै आएको नेमकिपाले भक्तपुरलाई एक घर एक व्याचलरको अभियान सञ्चालन गरेको थियो । उक्त नारामा धेरै हदसम्म सफल भएको उक्त पार्टीको दावी छ । यदि विश्वविद्यालय सञ्चालन गर्न पाएमा निकै सस्तोमा एमविविएस डाक्टर तयार गर्ने योजना भए पनि सरकारले स्विकृत नदिएको एक नेताले बताए ।
स्वास्थ्य, शिक्षा निःशुल्क गराउनुपर्ने आवाज उठाउँदै आएकाले देशभरका जनताले नेमकिपालाई विश्वास गर्नेमा आफूहरु विश्वस्त रहेको सुवालको भनाइ छ । राष्ट्रवादी अडान र जनताका लागि गरेको काम नै आफ्नो जितको आधार रहेको उनले भनाई थियो ।

उता सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको तर्फबाट भक्तपुर–१ मा सुनिल गोठेलाई उम्मेदवारको रुपमा अघि सारिएको छ । स्थानीय तहको मतपरिणाम हेर्दा यो क्षेत्रमा सत्ता गठबन्धन दल कमजोर भए पनि प्रतिनिधिसभाको निर्वाचनमा त्यसको असर नपर्ने उम्मेद्वार गोठे बताउँछन् ।
गोठेले भने, ‘स्थानीय तहको चुनाव र प्रतिनिधिसभाको निर्वाचनमा आउने परिणाम धेरै फरक हुन्छ । संघको निर्वाचनमा स्थानीय पार्टीको काम छैन भनेर आम जनताले बुझेकै कुरा हो । विगतका चुनावमा भक्तपुर–१ का जनताले परिवर्तन खोजेका थिए भन्ने कुरा त्यतिबेला आएको मतलाई पल्टाएर हेर्ने हो भने थाहा हुन्छ ।’
उनले विगतमा पार्टी एक्लै लडेको भएर हार हुने गरेको र अहिले गठबन्धन दल भएकाले निकै सहज भएको र चुनावमा प्रभावकारी ढंगले अगाडि बढ्ने बताए ।
विगतको मत परिणामलाई हेर्ने हो भने पनि नेमकिपालाई अन्य दलले भेटन सक्ने सम्भावना देखिदैन । प्रतिनिधिसभा निर्वाचन २०७४ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुवालले ३३ हजार ७६ मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८ सय १८ मत पाएका थिए । यता वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका मिलन सुवालले १५ हजार ३ सय ७४ र विवेकशील साझा पार्टीका दिपेश न्यौपानेले २ हजार ३ सय ३० मत पाएका थिए ।

त्यसैगरी २०७४ को चुनावमा प्रदेशसभाको क्षेत्र नम्बर (ख) मा नेमकिपाका सुरेन्द्रराज गोसाई २३ हजार ८ सय ८५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी वाम गठबन्धनका रोमन सिलवालले ८ हजार ६३ मत पाएका थिए । यो मत परिणमबाट पनि भक्तपुर क्षेत्र नं.१ मा नेमकिपाको अवस्था प्रष्ट हुन्छ । अहिले भक्तपुर क्षेत्र नम्बर १ मा राजनीतिक दलबाट ९ उम्मेदवार छन् भने स्वतन्त्रबाट ४ गरी १३ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । नेमकिपाबाट सुवाल र सत्ता गठबन्धनबाट माओवादी केन्द्रका गोठेबाहेक नेकपा एमालेले नवराज गेलाललाई उम्मेदवार बनाएको छ । यस्तै जनता समाजवादी पार्टी, नेपालबाट हिरालाल खड्का, राप्रपाबाट भरत बहादुर खड्का र मौलिक जरोकिलो पार्टीबाट बलराम प्रजापति उम्मेदवार रहेका छन् ।

त्यसैगरी नेपालका लागि नेपाली पार्टीबाट अर्जुनप्रसाद नेपाल, राप्रपा नेपालबाट माधव खत्री, नेकपा मालेबाट दीपक लामिछाने, आपमपा नेपालबाट डम्बरबहादुर थिङ उम्मेदवार छन् । अर्जुन कोजू, पुष्पराम गेलाल, सुलोचना छ्वाजु, र गोकर्णप्रसाद गेलाल स्वतन्त्र उम्मेदवार हुन् ।

नेमकिपाको प्रभाव नपरेको भक्तपुर क्षेत्र नं. १ (क) मा भने सत्ता बठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ, नेकपा एमालेबाट मोहनवीर श्रेष्ठ, राप्रपाबाट राजु कुइकेल, स्वतन्त्र राजनीतिक शक्ति नेपालको एकल चुनाव चिन्ह लिएर नेपाल आमाको तर्फबाट ऋषिराम लामिछाने चुनावी मैदानमा उत्रिएका छन् । अरु उम्मेद्वार पुरानै भए पनि लामिछाने भने पहिलो पटक राजनीतिमा देखिएका हुन । पंतिकारसँगको भेटमा उनले भने “चाँगुनारायण नगरपालिकाको ५ देखि ९ सम्म नै आफूबाहेक अरु उम्मेद्वार नभएको हुनाले पनि उक्त क्षेत्रका जनताले मलाई भोट दिनेमा विश्वस्त छु ।”

213 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal