पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

२०७९ आश्विन २८ गते, शुक्रबार

पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भनिन्, पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।”

रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा स,मस्या देखिएको चार महिना बितेको छ । उनलाई हिँड्डुल गर्न समस्या छ । श्रीमान् पनि बि,रामी छन् । बूढ्यौलीमा सहारा हुन्छ, भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गरियो तर अहिले गएर बुझ्दा खातामा पैसा छैन” उनले भनिन् ।

सम्मरीमाई–७ का ५० वर्षीय रामदास लोधका दुई भाइ छोरा वैदेशिक रोजगारीमा छन् । कतारमा कमाएको पैसाले घर बनाउने योजनाअनुसार उनीहरूले महिनैपिच्छे पठाएको पैसा बाबु रामदासले नजिकैको शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गर्दै भौचर लिँदै आए । तर बैंक स्टेटमेण्टमा उनको खातामा पैसा छैन ।

गत साउन महिनामा नयाँ घर बनाउने भनेर जब उनी बैंकको भैरहवा शाखामा पैसा निकाल्न गए, उनको खातामा मात्र रु ९० हजार मात्र रहेको थाहा पाए ।

यो अवधिमा उनले सो बैंकमा रु चार लाख जम्मा गरिसकेको बताउँछन् । अहिले उनी बैंकले नै पैसा गायब पारिदिएको दुःखेसो पोख्दै न्यायको खोजीमा भौँतारिरहेका छन् ।

सम्मरीमाई–५, रोइनिहवाका दयाराम अहिरले पनि माछापुच्छ्रे बैंकको उक्त शाखारहित सेवा लिँदै २१ पटक गरी रु १५ लाख ८० हजार जम्मा गरे । उनको खातामा पनि उक्त पैसा छैन ।

खातामा पैसा नदेखिएपछि उनले बैंकमा निवेदन दिन गए तर बैंकले उनको पैसा खोजी गर्नु त परको कुरा निवेदनसमेत लिन तयार नरहेको उनको गुनासो छ ।

आफन्तले विदेशबाट पठाएको, खेती–किसानी, मजदुरी र व्यापारबाट सञ्चित रकम सम्मरीमाई–५ स्थित माछापुच्छ्रे बैंकको सो शाखारहित कार्यालयमार्फत सेवाग्रहीले जम्मा गरेको भौचर छ ।

तर, उनीहरुको बैंक खातामा भने रकम छैन । खातामा जम्मा गरिएको रकम कहाँ गयो ? भन्ने प्रश्नमा बैंकले आलटाले जवाफ दिँदै आएको सेवाग्राहीको भनाइ छ ।

सेवाग्राहीले क्षमताअनुसार रु पाँच हजारदेखि १६ लाखसम्म जम्मा गरेको बताएका छन् । यसरी जम्मा गरेको करिब रु तीन करोड एजेन्ट र बैंककै कारण गायब भएको उनीहरूको गुनासो छ ।

पैसा जम्मा गर्नेहरूले घर बनाउने, जमिन किन्ने, छोराछोरीको बिहेबारीदेखि, भैँसी खरिद गर्ने र छोराछोरी पढाउनेसम्मका योजना बनाएका रहेछन् । बैंक र त्यसका एजेन्टलाई कडा कारबाही हुनुपर्ने उनीहरूको माग छ ।

ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुर्याउने उद्देश्यसहित माछापुच्छ्रे बैंकले त्यहाँ स्थानीय एजेन्ट रोइनिहवाका निरञ्जन पाठकसँग सम्झौता गरेर शाखारहित बैंकिङ सेवा दिँदै आएको हो ।

पाठकले बैंकमा सेवा दिनका लागि बैंकका कर्मचारी स्थानीयवासी सिकन्दर ठाकुरलाई व्यवस्थापक राखेका थिए। सेवाग्राहीले उनै ठाकुरलाई पैसा बुझाउँदै पैसा बुझाएबापतको डिपोजिट भौचर ल्याउने गर्थे।

निवेदनसमेत बुझ्न नमानेको माछापुच्छ्रे बैंकले भने अनुसन्धान भइरहेको भन्दै ढाँट छल गरिरहेको सेवाग्रहीको आरोप छ । वडा नं ५का वडाध्यक्ष श्रवण यादवले भने, बैंकले स्थानीयवासीको रकम गायब हुँदा अहिलेसम्म पनि एजेन्टविरुद्ध कुनै कारवाही गरेको छैन ।

उल्टै एजेन्टसँगको सम्झौता तोडेको छ र शाखारहित सेवा बन्द गरेको छ । वडाध्यक्ष यादवले यसबाट स्थानीयवासी झनै सशंकित हुनुपरेको उल्लेख गर्दै सेवाग्रहीले जोडेका एक–एक पैसा ब्याजसहित बैंकले तिर्नैपर्ने बताए ।

बैंकका व्यवस्थापक सिकन्दर ठाकुरले आफूबाट गल्ती भएको स्वीकार्दै सेवाग्राहीको बाँकी रकम छिट्टै व्यवस्थापन गर्ने बताए । उनले भने, “मैले निजी प्रयोजनमा सेवाग्रहीको रकम खर्च नगरे पनि व्यावहारिक हिसाबले लेनदेन गरेको छु ।

म भागेको छैन र भाग्ने पनि छैन, मसँग व्यक्तिगत सम्पत्ति छ, आफ्नो घरजग्गा बिक्री गरेर भए पनि सेवाग्राहीको पैसा चुक्ता गर्छु ।सेवाग्राहीको दाबी सबै सत्य नभएको र रु एक करोड ३२ लाख मात्र अनियमित भएको उनको भनाइ छ ।

त्यसैगरि बैंकका एजेन्ट निरञ्जन पाठकले भने, “यस क्षेत्रमा बैंकिङ सुविधा नभएका बखत २०७५ सालमा बैंककै कर्मचारी र स्थानीयवासीको आग्रहमा शाखारहित कार्यालय सञ्चालन भएको हो, मैले नै सम्झौता गरेको हुँ तर कोभिडको समयदेखि मसँग कुनै सम्झौता भएको छैन ।

एजेन्ट पाठकले व्यवस्थापकले गल्ती गरेकाले उनले सेवाग्राहीको पैसा तिर्नुपर्ने बताए । सो सम्बन्धमा माछापुच्छ्रे बैंकको केन्द्रिय कार्यालयका प्रवक्ता सुनिल खतिवडाले भने अब अनुसन्धान गरेर स्थानीयवासीको मर्का बुझ्ने बताएका छन् ।

159 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal