बेरो जगारको समस्या समाधानका लागि मेरो उम्मेदवारी विनोद चौधरी

२०७९ आश्विन २८ गते, शुक्रबार

काठमाण्डाै = नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताउनु भएको छ । 

आज शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्टस एक्यानले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उहाँले आउँदाे मङ्सिर ४,गते हुने चुनावमा आफूलाई भोट हालेर युवाको समस्या समाधानमा सहयोग गर्न आग्रह गर्नु भएको हो । उहाँले अब योजना र भिजन भएका युवा राजनीतिमा आउनुbपर्ने बताउनु भयो । 

चौधरीले देशकाे दिगो विकास अगाडि बढाउनका लागि पैसा, शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदा समेत युवाको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताउनु भयो । युवाले खोजेको रोजगारी र नेपाल बनाउनका लागि प्रत्यक्ष चुनावमा उठेकाे उहाँकाे भनाइ छ । चौधरीले सबै चार्टर्ड एकाउन्टेन्टसहरूलाई भेटेर भोट माग्ने आकाङ्क्षा रहे पनि स्म्भव नहुँदा चुनावमा आफूलाई जिताउन फोरमबाट नै सहयोगको अपेक्षा गर्नु भयो ।  

चौधरीले आफूले चार्टड अकाउन्टेन्ट हुने धोका पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउन्टेन्टकाे जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताउनु भयो । उहाँले आफू जनताको प्रतिनिधि भएको र विकासकालागि राजनीति गर्न आएको उल्लेख गर्नु भयाे । 

चौधरीले आफूलाई धन सम्पत्तिकाे कुनै खाँचो नरहेको तर आफू जनताको प्रतिनिधिभएकाले विकासका लागि राजनीति गर्न आएको दोहाेर्‍याउनु भयाे । नेपालमा बहुमतको सरकार आए पनि विकासको नाममा कुनै सिन्को नभाँचेको उहाँले गुनासो गर्नु भयो । उहाँले नेपालमा धेरै राजनीतिक परिवर्तन भए पनि देशको अवस्था नबदलिएकाे बताउनु भयो । ”

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal