बेरो जगारको समस्या समाधानका लागि मेरो उम्मेदवारी विनोद चौधरी
काठमाण्डाै = नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताउनु भएको छ ।
आज शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्टस एक्यानले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उहाँले आउँदाे मङ्सिर ४,गते हुने चुनावमा आफूलाई भोट हालेर युवाको समस्या समाधानमा सहयोग गर्न आग्रह गर्नु भएको हो । उहाँले अब योजना र भिजन भएका युवा राजनीतिमा आउनुbपर्ने बताउनु भयो ।
चौधरीले देशकाे दिगो विकास अगाडि बढाउनका लागि पैसा, शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदा समेत युवाको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताउनु भयो । युवाले खोजेको रोजगारी र नेपाल बनाउनका लागि प्रत्यक्ष चुनावमा उठेकाे उहाँकाे भनाइ छ । चौधरीले सबै चार्टर्ड एकाउन्टेन्टसहरूलाई भेटेर भोट माग्ने आकाङ्क्षा रहे पनि स्म्भव नहुँदा चुनावमा आफूलाई जिताउन फोरमबाट नै सहयोगको अपेक्षा गर्नु भयो ।
चौधरीले आफूले चार्टड अकाउन्टेन्ट हुने धोका पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउन्टेन्टकाे जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताउनु भयो । उहाँले आफू जनताको प्रतिनिधि भएको र विकासकालागि राजनीति गर्न आएको उल्लेख गर्नु भयाे ।
चौधरीले आफूलाई धन सम्पत्तिकाे कुनै खाँचो नरहेको तर आफू जनताको प्रतिनिधिभएकाले विकासका लागि राजनीति गर्न आएको दोहाेर्याउनु भयाे । नेपालमा बहुमतको सरकार आए पनि विकासको नाममा कुनै सिन्को नभाँचेको उहाँले गुनासो गर्नु भयो । उहाँले नेपालमा धेरै राजनीतिक परिवर्तन भए पनि देशको अवस्था नबदलिएकाे बताउनु भयो । ”
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





