हा इड्रोजन बिक्री गरेर देशलाई समृद्ध बनाउन सकिन्छ । मन्त्री शर्मा

२०७९ आश्विन २४ गते, सोमबार

काठमाण्डाै = अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिकरूपमा समृद्ध बनाउन सकिने बताउनु भएको छ ।

आज सोमवार काठमाण्डाैमा आयोजित नेपाल ग्रीन हाइड्रोजन समिट २०२२: लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिकरूपमा समृद्ध बनाउन सकिने बताउनु भएको हो ।

 

उहाँले जलवायु परिवर्तनका कारण विभिन्न असर पनि देखिन थालेको भन्दै कार्बन उत्सर्जनलाई कम गर्नु पर्ने बताउनु भयो । पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबै भन्दा बढी डलर बाहिरिरहेको र व्यापार घाटा भइरहेको उहाँले बताउनु भयो ।

 

मन्त्री शर्माले देशभित्र मात्रै हाइड्रोजनको प्रयोग गर्न सकेमा व्यापार सन्तुलनमा आउन सक्ने धारणा राख्नुभयाे । उहाँले भन्नु भयो । हामीले नेपालबाट अब बिजुली बिक्री गर्नु पर्दैन । अब हाइड्रोजन बिक्री गरे पुग्छ । एमोनिया बिक्री गरे पुग्छ । हामीले पानीको सदुपयोग गरेर बिजुली उत्पादन गर्न सक्याैँ भने र त्यसबाट हाइड्रोजन, एमोनिया बनाएर विश्व बजारमा प्रतिस्पर्धी भएर पुर्‍याउन सक्यौँ भने नेपालको समृद्धि त्यहीँ छ ।

 

नेपालको विकासको एउटा सुन्दर भविष्य मैले त्यहीँ देखिरहेको छु । त्यस कारण यतातिर हामी सबैको ध्यान जानुपर्छ । जलवायु परिवर्तनका कारणबाट पार पाउनका लागि कार्बन उत्सर्जन कम गर्नु पर्ने आवश्यकताकाे विकल्पको रूपमा हामीले एमोनिया र ग्रीन हाइड्रोजन प्रयोग गर्न सक्ने भएको हुनाले यसको पनि त्यत्तिकै महत्त्व छ ।

मन्त्री शर्माले हाइड्रोजन उत्पादन देशको विकास र जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने दृष्टिकोणले निकै नै महत्त्वपूर्ण रहेको बताउनु भयो । यसमार्फत नेपाललाई विश्व बजारमा पहुँच वृद्धि गर्न र लगानी भित्र्याउन पनि सकिने उहाँले उल्लेख गर्नु भयो ।

 

 

185 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal