कुलमान घिसिङलाई माओवादीबाट चुनाव लडाउने प्रचण्डको प्रयास असफल, कुलमानले गरे ठाडै अस्विकार
मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनका लागी प्रत्यक्ष तर्फको उमेदवारी दर्ताको कार्यक्रम सम्पन्न भएको छ । उमेदवारी दर्ताका क्रममा विभिन्न क्षेत्रमा केहि रोचक दृश्यहरु पनि देखिएका छन् ।
कोहि पाएको टिकट पनि नलिने, कोहिले टिकटका लागी दिलोज्यानले लाग्दा पनि नपाउने त कोही टिकट नपाए पछि स्वतन्त्र उमेदवारी दिने देखी पाएको टिकट छोडेर स्वतन्त्र उमेदवारी दिनेहरु सम्म पनि देखिए । टिकटको चर्चाले उमेदवारी दिने दिनको माहोल निकै गर्माएको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले चितवन ३ बाट भागेर गोरखा २ मा उमेदवारी दर्ता गराए ।
उमेदवारी दर्ताको दृश्य हेर्दा देशभर माओवादी केन्द्र रक्षात्मक अवस्थामा पुगेको थियो । माओवादी केन्द्रका उमेदवारहरुमा खासै उत्साह संचार भएको देखिएन ।
आफैँ समेत भाग्नु पर्ने अवस्थामा पुगेका प्रचण्डले यस पटकको निर्वाचनमा चाहेका धेरै कुरा पुरा गर्न पाएनन् । प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई राजिनामा गराएर काठमाडौँ २ बाट चुनाव लडाउन खोजेका थिए तर उनको प्रयास असफल भयो ।
प्रचण्डले जसरी चितवन ३ मा भरतपुर अस्पतालका अध्यक्षलाई राजिनामा गराएर चुनाव लडाए त्यसै गरी काठमाडाैं२ मा विद्युत प्राधिकरणबाट राजिनामा गराएर कुलमानलाई चुनाव लडाउन खोजेका थिए तर प्रचण्डको प्रस्ताव कुलमानले ठाडै अस्विकार गरेको बताइन्छ ।
कुलमानले आफु सबै नेपाली जनताको साझा मान्छे भएको भन्दै माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडा लिएर चुनाव लड्न अस्विकार गरेको बताइन्छ ।
कुनै हातलमा पनि हसिया हथौडा लिएर चुनाव नलड्ने बरु स्वतन्त्र उमेदवारी दिन भने तयार रहेको अडान उनले लिए पछि माओवादीको नेतृत्व व्याक भएको थियो ।
अहिले ओनसरी घर्तीलाई उमेदवार बनाएको काठमाडौँ २ बाट प्रचण्डले कुलमानलाई उमेदवार बनाउन खोजेका थिए ।
कुलमानले भने आफु स्वतन्त्र उमेदवार बन्ने र गठबन्धनले सहयोग गर्नु पर्ने प्रस्ताव गरेको बताइन्छ । कुलमानले यस्तो प्रस्ताव गरे पछि प्रचण्डले त्यसो गर्नु भन्दा ओनसरीलाई चुनाव लडाउने निर्णय गरेका थिए ।
कुलमानले माओवादीको चिन्हबाट चुनाव लड्न अस्विकार गरे सँगै कुलमानलाई देखाएर माहोल बनाउने प्रचण्डको प्रयास पुर्ण रुपमा असफल भएको छ ।
स्थानिय तहको निर्वाचनमा बालेनले कमाल गरे पछि प्रचण्डले बालेन भन्दा चर्को सेन्टीमेन्ट ल्याउने गरी काठमाडौँमा उमेदवार उठाउने घोषणा गरेका थिए । उनको त्यस्तो घोषणा पनि ढुस भएको छ ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





