कुलमान घिसिङलाई माओवादीबाट चुनाव लडाउने प्रचण्डको प्रयास असफल, कुलमानले गरे ठाडै अस्विकार

२०७९ आश्विन २४ गते, सोमबार

मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनका लागी प्रत्यक्ष तर्फको उमेदवारी दर्ताको कार्यक्रम सम्पन्न भएको छ । उमेदवारी दर्ताका क्रममा विभिन्न क्षेत्रमा केहि रोचक दृश्यहरु पनि देखिएका छन् ।

कोहि पाएको टिकट पनि नलिने, कोहिले टिकटका लागी दिलोज्यानले लाग्दा पनि नपाउने त कोही टिकट नपाए पछि स्वतन्त्र उमेदवारी दिने देखी पाएको टिकट छोडेर स्वतन्त्र उमेदवारी दिनेहरु सम्म पनि देखिए । टिकटको चर्चाले उमेदवारी दिने दिनको माहोल निकै गर्माएको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले चितवन ३ बाट भागेर गोरखा २ मा उमेदवारी दर्ता गराए ।

 

उमेदवारी दर्ताको दृश्य हेर्दा देशभर माओवादी केन्द्र रक्षात्मक अवस्थामा पुगेको थियो । माओवादी केन्द्रका उमेदवारहरुमा खासै उत्साह संचार भएको देखिएन ।

आफैँ समेत भाग्नु पर्ने अवस्थामा पुगेका प्रचण्डले यस पटकको निर्वाचनमा चाहेका धेरै कुरा पुरा गर्न पाएनन् । प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई राजिनामा गराएर काठमाडौँ २ बाट चुनाव लडाउन खोजेका थिए तर उनको प्रयास असफल भयो ।

 

प्रचण्डले जसरी चितवन ३ मा भरतपुर अस्पतालका अध्यक्षलाई राजिनामा गराएर चुनाव लडाए त्यसै गरी काठमाडाैं२ मा विद्युत प्राधिकरणबाट राजिनामा गराएर कुलमानलाई चुनाव लडाउन खोजेका थिए तर प्रचण्डको प्रस्ताव कुलमानले ठाडै अस्विकार गरेको बताइन्छ ।

कुलमानले आफु सबै नेपाली जनताको साझा मान्छे भएको भन्दै माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडा लिएर चुनाव लड्न अस्विकार गरेको बताइन्छ ।

कुनै हातलमा पनि हसिया हथौडा लिएर चुनाव नलड्ने बरु स्वतन्त्र उमेदवारी दिन भने तयार रहेको अडान उनले लिए पछि माओवादीको नेतृत्व व्याक भएको थियो ।

अहिले ओनसरी घर्तीलाई उमेदवार बनाएको काठमाडौँ २ बाट प्रचण्डले कुलमानलाई उमेदवार बनाउन खोजेका थिए ।

कुलमानले भने आफु स्वतन्त्र उमेदवार बन्ने र गठबन्धनले सहयोग गर्नु पर्ने प्रस्ताव गरेको बताइन्छ । कुलमानले यस्तो प्रस्ताव गरे पछि प्रचण्डले त्यसो गर्नु भन्दा ओनसरीलाई चुनाव लडाउने निर्णय गरेका थिए ।

कुलमानले माओवादीको चिन्हबाट चुनाव लड्न अस्विकार गरे सँगै कुलमानलाई देखाएर माहोल बनाउने प्रचण्डको प्रयास पुर्ण रुपमा असफल भएको छ ।

स्थानिय तहको निर्वाचनमा बालेनले कमाल गरे पछि प्रचण्डले बालेन भन्दा चर्को सेन्टीमेन्ट ल्याउने गरी काठमाडौँमा उमेदवार उठाउने घोषणा गरेका थिए । उनको त्यस्तो घोषणा पनि ढुस भएको छ ।

 

 

91 Views

ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य

२०८२ जेष्ठ २ गते, शुक्रबार

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य

२०८२ जेष्ठ २ गते, शुक्रबार

हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली

२०८२ जेष्ठ २ गते, शुक्रबार

राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन

२०८२ जेष्ठ २ गते, शुक्रबार

गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक

२०८२ जेष्ठ २ गते, शुक्रबार

सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने

२०८२ जेष्ठ २ गते, शुक्रबार

गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

२०८२ जेष्ठ २ गते, शुक्रबार

‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन

२०८२ जेष्ठ २ गते, शुक्रबार

मखनटोलमा आगलागी, एक जनाको मृत्यु

२०८२ बैशाख ३१ गते, बुधबार

दक्षिण कोरिया जाने विद्यार्थीको ‘एन‌ओसी’ सरकारंद्वारा स्थगित

२०८२ बैशाख ३० गते, मंगलवार

रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

२०८२ बैशाख ३० गते, मंगलवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal