सन्दिप लामिछानेलाई बिमानस्थल बाटै ह,तकडी सहित यसरी लियो प्रहरीले नियन्त्रणमा
ब’लत्कार आ,रोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आज (बिहीबार) स्वदेश आइपुगेका छन् ।
स्वदेश आएलगत्तै सन्दीपलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । खराब मौसमका कारण विमान आइपुग्न निर्धारित समय भन्दा केहि समय ढिला भएको बताइएको छ ।
हिजो राती सामाजिक सञ्जालमा कतार एयरवेजको विमानबाट बिहान १०ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बताएका थिए ।
यसअघि शनिबार सामाजिक सञ्जालमार्फत नै सन्दीपले आफूले आत्मसमपर्ण गर्ने र निर्दोष सावित गर्नका लागि कानुनी लडाई लड्ने बताएका थिए ।
उनले आफू स्वेच्छाले स्वदेश फर्कन लागेको उल्लेख गर्दै प्रहरीलाई फर्कने विषयमा पूर्व जानकारी गराइसकेको बताएका थिए ।
सन्दीपले आफू वि,रुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहगोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । उनले आफूले न्याय पाउने विश्वास रहेको पनि उल्लेख गरेका छन् ।
सुरक्षाको कारण देखाउँदै सन्दीपले आत्मसमर्पणका समयमा आफ्ना कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरलेलाई पनि उपस्थितिका लागि स्वीकृति दिन प्रहरीलाई विशेष आग्रह गरेको बताएका छन् ।
भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई ब’लत्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । त्यसको केहि दिनमा काठमाडौं जिल्ला अदालतले सन्दीप वि,रुद्ध प,क्राउ पुर्जी जारी गरेको थियो । नेपाल प्रहरीले भने झण्डै दुई साता उनीविरुद्ध डिफ्युज नोटिस जारी गरेको थियो ।
आफू वि,रुद्ध किटानी जाहेरी परेको जानकारी पाएपछि सन्दीपले सामाजिक सन्जालमार्फत आफू निर्दोष रहेको र कानुनी लडाइ लड्ने जनाएका थिए । राष्ट्रिय क्रिकेट टोलीका साथ सन्दीप भदौ ६ गते केन्या गएका थिए । उनी त्यहिबाट व्यवासायिक क्रिकेट खेल्नका लागि वेस्ट इन्डिज पुगेका थिए ।
केन्या जानु अघिल्लो दिन भदौ ५ गते आफूलाई ब,लत्कार गरेको भन्दै नाबालिगले किटानी जाहेरी दिएकी थिइन् । सन्दीपले आफूले न्याय पाउने र चाँडै देशका लागि क्रिकेट खेलमा फर्कने विश्वास लिएका छन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





