बिदेशमा परिवारसँग रम्दै गरिमा पन्त !
नेपाली सिनेमा जगतमा नायिकाहरु आमा बन्ने लहर नै चलेको छ । नायिका प्रीयंका कार्की, ऋचा शर्मा, गरिमा पन्त र कलाकार रक्षा श्रेष्ठ आमा बनिसकेका छन् ।
लकडाउन संगै सिने उधोग ठप्प बन्दा फुर्सदिलो बनेका यी अभिनेत्रीहरुलाई आमा बन्ने अवसर जुटेको बुझ्न सकिन्छ ।
यी आमाको अनुभुती लिन तयार रहदै गरेकी मध्ये प्रीयंका कार्कीको निकै चर्चा, आलोचना भएपनि अन्यको भने खासै चर्चा भएन ।
त्यस्तै बिदेसमा रहने गरिमा पन्तको बेबी बम्पको फोटोहरु सार्वजनिक भएका थिए । उनको फ्यानहरुले राम्रो रेस्पोन्स गरेका थिइ ।
उनी श्रीमानका साथ बिदेशमा बस्दै आएकी छन् । अहिले भने उनकी छोरी पनि केहि ठुली भइसकेकी छन् ।
उनले पछिल्लो समयमा आफ्ना परिवारसँग रमाएका केही तस्बिरहरू सामाजिक संजालमा साझा गरेकी छन् ।
हामीले उनका केहि तस्बिर इन्स्टाबाट लिएर साझा गरेका छाैँ । उनका तस्बिरले इन्स्टामा चर्चा पाएका छन् ।