चितवनमा जीपको ठक्करबाट श्रीमान्को मृ,त्यु, श्रीमति घा,इते ।
चितवनमा जीपको ठक्करबाट श्रीमान्को मृ,त्यु भएको छ भने श्रीमति घा,इते भएकी छिन् ।भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका–५ का ४८ वर्षीय मित्रलाल पङगेनीको मृ,त्यु भएको हो ।
टाउकोमा गम्भिर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दु,र्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी श्रीमति ४० वर्षीया राधा घा,इते भएकी छिन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।