राजमार्गमा जताततै प,हिरो सिस्ने खोलामा सडक बन्द हुँदा यात्रा गर्नेलाई सास्ति

२०७९ आश्विन २१ गते, शुक्रबार

धादिङको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको विभिन्न ठाउँमा प,हिरो र बा,ढीका कारण गाडी सञ्चालनमा स,मस्या आएको छ ।

त्रिभुवन राजपथअन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्ने खोला सुरुङ मार्ग क्षेत्रमा लगातारको प,हिरो हटाउनसमेत स,मस्या भएको छ ।

लगातारको वर्षाले सडकमाथिबाट अनियन्त्रितरूपमा पहिरो झरिरहेको छ । डोजर र एक्स्काभेटर तयारी अवस्थामा राखिए पनि प,हिरो हटाउन स,मस्या आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।

 

पृथ्वी राजमार्ग क्षेत्रमाथि गाउँमा पालिकाले जथाभाबी सडक खनेका कारण पहिरो आउने, लेदो बग्ने र काठमाण्डाै भित्रिने राजमार्ग बन्द हुने गरेको छ ।

तीन दिनदेखिको लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको आदमघाटमा सडक माथिबाट प,हिरो र रुखसमेत आएर सडक बन्द भएको छ । सुरक्षाकर्मीले सडकमा आएको प,हिरो र रुख हटाएर गाडी सञ्चालन गराएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्यामबहादुर खत्रीले बताउनुभयो ।

 

गल्छी गाउँपालिका महेश दोभान बैरेनी क्षेत्रमा सडक माथिबाट लेदो आएर सडकमा खस्दा गाडी चल्न सकेकाे छैन । गल्छी बजारमा सडक माथिबाट आएको प,हिराेका कारण राजमार्गमा गाडीकाे लामो जाम लागेको छ ।

डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको भए पनि लगातारको प,हिराेले गाडी सञ्चालनमा कठिनाइ आएको छ । धादिङबेँसीबाट उत्तरी नाकामा पर्ने रुबिभ्याली र खनियाबास क्षेत्रसँग आउने–जाने बाटो बन्द भएको छ ।

ठाउँ–ठाउँमा प,हिरो गएपछि गाडी दुई दिनदेखि चल्न छाडेको छ भने मानिससमेत आवतजावत गर्न कठिनाइ भएको खनियाबासका इमान तामाङले जानकारी दिनुभयो ।

लगातारको वर्षाले खोला तथा नदीमा बहाव बढेको छ भने पहिरो जाने सम्भावना भएका क्षेत्रमा समेत सतर्क रहन गाउँवासीलाई जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सूचना जारी गर्दै जिल्लाका १३ पालिकालाई विपद् पूर्वतयारीमा रहन र विपद् परेका राहत उद्धारमा लाग्नसमेत आग्रह गर्नुभएको छ ।

 

 

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal