करोडौं खाएर फरार भएका लेखक काठमाडौंमा लुकिछिपी बस्दै “छोराको रगत खान्छु, पैसा दिन्छु” भन्दै टाल्दै, तत्काल पक्राउ गर्न अदालतको पक्राउ पूर्जि जारी

२०७९ आश्विन ६ गते, बिहीबार

काठमाडौं । बर्दियामा मात्र नभएर नेपालगञ्ज लगायत काठमाडांैका साथीहरुको समेत अन्दाजी १ करोड भन्दा बढी पैसा खाएर दिपक लेखक अहिले काठमाडौंको पासिकोट र ससुरालीमा लुकिछिपी बस्दै आएका छन् । उनी ससुरालीबाट विहानै जाने र पासिकोटमा लुक्ने र साँझ ८ बजेपछि मात्र आउने गरेको समाचार प्राप्त भएको छ ।

पीडितलाई “छोराको रगत खान्छु” तिम्रो पैसा दिन्छु र जग्गा पनि पास गरिदिन्छु भन्दै पटक पटक फोन गरेर समाचार हटाइ दिनु भन्दै ९८६८०६००३६ बाट ५०औं पटक फोन गरे पछि पीडितले अनलाइनबाट समाचार हटाउन बाध्य भएको थियो । पुनः असोज ४ गते भोलि पैसा खातामा आउँछ समाचार प्रकाशित नगरिदिनु भन्दै अनुनय बिन्ती गरे । तर पीडितले अहिलेसम्म न पैसा पाए, न जग्गा नै पाए ।

काठमाडौं बस्ने उनी (मोबाइल नं।.९८६८०६००३६, ९८४९०३४७३६ र ९८४९२७०४६० सधै स्वीच अफ) हुने गरेको छ । आफूलाई पर्दा मात्र फोन ‘अन’ गर्ने नत्र सदैव फोन अफ हुने गरेको छ ।

त्यसैगरी लेखकले राजापुर स्थायी घर भई हाल कृषि विकास बैंक काठमाडौंमा कार्यरत एकजना भट्टराई थरका व्यक्तिसँग पनि डेढ लाख लिएर चेक र नागरिकता दिएका रहेछन् । तर उनको पनि चेक साटिएन ।

निज लेखकले म कार्यकारी सम्पादक रहेको यस अनलाइनलाई फोन गरेर ‘समाचार प्रकाशन नगरिदिनु मेरो त बेइज्जत हुन्छ, चुनाव आउन लाग्यो मैले कसरी राजापुरमा मुख देखाउने’ भनेर अनुनय विन्ती गरिरहेका थिए ।

उता, एकजना राजापुरकै साथी (वकिल) भदौ ८ गते फोन गरेर मेरो त यसले बेइज्जत ग¥यो सम्झाइदे न पनि भन्न भ्याएछन् । १–२ दिनमा म पैसा दिन्छु के कसरी हुन्छ सम्झाइदिनु भनेका रहेछन् ।
त्यतिमात्र कहाँ हो र ? सानैदेखि निज लेखकलाई पालन पोषण गरेर हुर्काएका आफन्तको समेत पैसा खाएर अहिले उनी सम्पर्क विहीन भएका छन् । सूत्रका अनुसार निज लेखकको श्रीमती निती सेढाईले समेत उनीहरुको फोन नउठाउने गरेको पाइएको छ । बर्दिया राजापुर नगरपालिका वडा नं. ४ मा रहेको घर समेत ५२ लाखमा तात्कालीन वडा अध्यक्ष रमम कुमार रेग्मीलाई बेचेर त्यो पैसा अरुलाई ऋण नतिरी आफ्नो श्रीमती नीति सेढाई ( फोन नं..९८५१२११४४९) लाई दिएको बुझुनमा आएको छ ।
पीडितका अनुसार नेपाल बैंक लिमिटेड राजापुर शाखाको १० लाखको चेक उनको ‘बाउन्स’ भइसकेको र “कालोसूची” मा समेत परिसकेको छ । “सम्बन्ध विच्छेद” को नाटक गरेर आफ्नो श्रीमान्लाई काठमाडौंको पासिकोटमा र माइतमा लुकाउन सफल उनकी श्रीमतीले पीडितको मोबाइल नम्बर “ब्ल्याक लिष्ट”मा राखेकी छन् ।

एकजना गरीब किसान सिताराम थारुको १२ लाख लिएर जग्गा पास नगरेपछि ऋण तिर्नकै लागि उनी भारत पलायन भएका छन् । निज दिपक लेखकले साउन २९ गते म आउँछु जग्गा पास गरिदिन्छु भनेर फोन त गरेका रहेछन् तर उनी बर्दिया राजापुर गएनन् । पीडित किसानले अरुसँग पैसा सापट मागेर निजलाई पैसा दिएका रहेछन् । अन्ततः न उनले जग्गा पाए, न पैसा नै पाए । त्यतिमात्र होइन जिल्ला अदालत काठमाडौंमा समेत उनको चेक बाउन्सको मुद्धा परेको र उनी अझै सम्म उपस्थित नभएको बुझ्नमा आएको छ । निज लेखक ३ चोटी अदालतको मानमर्दनलाई स्वीकार नगरी लुकिपिछ बसेका छन् । यही भदौ २८ गते उनलाई सम्मानित काठमाडौं जिल्ला अदालतले १५ दिनभित्र उपस्थित नभए राष्ट्रिय दैनिकमा पत्रिकामा पक्राउ पूर्जिको सूचना प्रकाशित गरी पक्राउ गर्न आदेश दिएको छ ।

310 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal