उप-चारको क्रममा मालिकको मृ,त्यु, ६ वर्षदेखि पाटनको अस्पतालमा मालिक कुरेर बसिरहेकी काली…!

२०७९ आश्विन ५ गते, बुधबार

तपाईंहरूले हाची फिल्म हेर्नुभएको छ? कुकुर र मानिस’बचको आत्मीय सम्बन्ध झल्काउने यो फिल्ममा हाची नामको कुकुर आफ्नो मृ,त मालिक कुर्दै वर्षौंसम्म रेल-वे स्टेसनमा बिताउँछ।

यो जापानको वास्तविक घ,टनामा आधारित फिल्म हो। यस्तै घ,टना पाटनको अल्का अस्पतालमा दोहोरिएको छ।

जावलाखेलबाट एकान्तकुना जाँदा ओरालोमा दाहिनेतर्फ अल्का अस्पतालको दुई नम्बर गेट छ।

यहाँ पछिल्लो ६ वर्षदेखि एउटी पोथी कुकुर आफ्नो मालिक कुरेर बसिरहेकी छे। जीउभरि फुस्रा काला रौं, घाँटी वरपर खैरो। हेर्दा फूर्तिलो देखिने यो कुकुरको नाम ‘काली’ हो। कालो वर्णको भएरै उसको नाम काली राखिएको अस्पतालका कर्मचारी बताउँछन्।

काली अस्पताल सम्म कसरी आइपुगी त? अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसीका अनुसार छ वर्षअघि एक युवक बि,रामी भएर आएका थिए।

उनलाई पहिले क्याबिनमा राखिएको थियो, पछि आइसियुमा सारियो। उनी आइसियुबाट निको भएर घर फर्किएनन्। अस्पतालमै उनको नि’धन भयो र यहीँबाट अन्तिम सं,स्कार निम्ति लगियो।

‘बिरामी मालिकलाई क्याबिनमा राख्दा यो कुकुर त्यहाँ वरपर बस्थ्यो, केसीले भने, अहिले पनि ऊ आफ्नो मालिक पर्खेझैं क्याबिन वरपरनै बसिरहेको छ।’

अस्पतालका अन्य कर्मचारीका अनुसार पहिलोचोटि आउँदा काली सानै थिई। रौं चिल्ला र सुकि’ला थिए।

बिरामी युवकको नि,धन पछि परिवारका सदस्यले कालीलाई घर फर्काउने कोसिस गरेका थिए। तर काली मान्दै मानिन।

ऊ मालिक फर्किने आसमा अस्पतालमै बसिरही।कालीको त्यो पर्खाइ आजसम्म सकिएको छैन। ऊ आज पनि आफ्नो मालिकले अन्तिम पटक छाडेको बाटोमा यताउति दगुरिरहन्छे।

 

छ वर्षको अन्तरालमा अस्पतालको रङ फेरियो। कालीको शरीरको रौं फुस्रो हुँदै गयो। तर उसको आनीबानी फेरिएको छैन।

हामी मंगलबार अल्का अस्पताल पुग्दा काली गेटमै टुक्रुक्क बसिरहेकी थिई। नयाँ मान्छेसँग एकैछिनमा झ्याम्मिने काली हामीलाई नजिक देखेर पुच्छर हल्लाउन थाली। हामीले हातले सुम्सुम्याएपछि ऊ झनै नजिक आई।

अस्पतालका सुरक्षाकर्मी कुमार लामा अल्कामा काम गर्न थालेको दुई वर्ष भयो। उनले आफू आएदेखि कालीलाई यहाँ देखिरहेका छन्।’

कालीका बारेमा बुझ्दा ऊ आफ्नो मालिक कुरेर बसेको भन्ने सुनेको हुँ, उनले भने, कुनै जनावरमा आफ्नो मालिकप्रति यति धेरै माया हुन्छ भन्ने पहिलोपटक देखेँ।’

कहिलेकाहीँ काली कुनै व्यक्तिलाई पछ्याउँदै परसम्म जान्छे। सायद उसलाई त्यो व्यक्ति आफ्नै मालिक हो कि भन्ने लाग्छ।

पर पुगेपछि झस्किएर फर्किने गरेको कुमार बताउँछन्।’अस्पतालमा जचाउन आएका व्यक्तिले माया गर्दा एकछिन पछि लाग्छ, पछि अस्प:तालमै फर्किन्छ, उनले भने।

 

हामी पुग्दा पनि काली एक बि,रामी कुरू वाको नजिक बसेकी थिई।हामीले अस्पतालका अर्का कर्मचारी ज्ञानीमाया महर्जनलाई पनि सोध्यौं। उनी कुमारभन्दा धेरै पहिलेदेखि यहाँ काम गर्ने थालेकी हुन्। उनले आफू आएदेखि कालीलाई अस्पतालमै देखिरहेकी छन्।

209 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

२०८३ असार १४ गते, आईतवार

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

२०८३ असार १४ गते, आईतवार

एक्सप्रेस गाडि नेपालको बाटोमा हिड्न कहाँ त्यत्ति सहज छ ?

२०८३ असार १४ गते, आईतवार

‘लोकलयमा पहिलो चारुसङ्ग्रह’ सार्वजनिक

२०८३ असार १४ गते, आईतवार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal