२ लाख घुससहित जलश्रोत कार्यालयका प्रमुख प्रकाउ, सर्वसाधारणले दले मोसो !…

२०७६ असार १३ गते, शुक्रबार

काठमाडौं । सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख डिभिजन इन्जिनियर अजित कुमार श्रीवास्तवलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुले कालो मोसो दलेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अजित कुमार श्रीवास्तवलाई नगद दुई लाख घुस रकमसहित पक्राउ गर्ने क्रममा नेकपा निकट युवाहरुले कालोमोसो दलेको नेकपाका जिल्ला सदस्य अर्जुन साउदले सगर्व स्वीकार गरे । आजसम्म सम्पन्न भएका हरेक योजनामा इन्जिनियर श्रीवास्तवले १५ देखि २५ प्रतिशत सम्म घुस रकम लिएको आरोप साउदले लगाए ।साउदले कञ्चनपुरमा यो भ्रष्टाचार विरुद्धको अभियान सुरु भएको बताए ।

उनले भने ‘यससँगै कञ्चनपुरमा भ्रष्टाचार विरुद्धको अभियान सुरु गरिएको छ । अझै केही कार्यालयमा अनियमितता भएको भन्ने खबर आएको छ । सबैलाई हामी होसियार भन्न चाहन्छु ।’बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले श्रीवास्तवसँगै इञ्जिनीयर ग्रिष्मा ठगुन्नालाई घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको थियो । श्रीवास्तवले भीमदत्त नगरपालिकामा पर्ने चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा दुई लाख कमिसन माग गरेका थिए । अख्तियारका अनुसार घुस लिएको रकम कार्यालय प्रमुख श्रीवास्तवले भान्सा कोठाको चामलको बोराभित्र लुकाएर राखेका थिए । सिधाकुरा अनलाइन बाट

221 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal