२ लाख घुससहित जलश्रोत कार्यालयका प्रमुख प्रकाउ, सर्वसाधारणले दले मोसो !…
काठमाडौं । सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख डिभिजन इन्जिनियर अजित कुमार श्रीवास्तवलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुले कालो मोसो दलेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अजित कुमार श्रीवास्तवलाई नगद दुई लाख घुस रकमसहित पक्राउ गर्ने क्रममा नेकपा निकट युवाहरुले कालोमोसो दलेको नेकपाका जिल्ला सदस्य अर्जुन साउदले सगर्व स्वीकार गरे । आजसम्म सम्पन्न भएका हरेक योजनामा इन्जिनियर श्रीवास्तवले १५ देखि २५ प्रतिशत सम्म घुस रकम लिएको आरोप साउदले लगाए ।साउदले कञ्चनपुरमा यो भ्रष्टाचार विरुद्धको अभियान सुरु भएको बताए ।
उनले भने ‘यससँगै कञ्चनपुरमा भ्रष्टाचार विरुद्धको अभियान सुरु गरिएको छ । अझै केही कार्यालयमा अनियमितता भएको भन्ने खबर आएको छ । सबैलाई हामी होसियार भन्न चाहन्छु ।’बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले श्रीवास्तवसँगै इञ्जिनीयर ग्रिष्मा ठगुन्नालाई घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको थियो । श्रीवास्तवले भीमदत्त नगरपालिकामा पर्ने चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा दुई लाख कमिसन माग गरेका थिए । अख्तियारका अनुसार घुस लिएको रकम कार्यालय प्रमुख श्रीवास्तवले भान्सा कोठाको चामलको बोराभित्र लुकाएर राखेका थिए । सिधाकुरा अनलाइन बाट
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





