उत्तर काेरियाले आफूलाई परमाणु ह,तियार सम्पन्न देश घाेषणा गर्याे
उत्तर काेरियाले आफूलाई परमाणु हतियार सम्पन्न देश घाेषणा गरेकाे छ । यसका लागि उत्तर काेरियाले एक कानुन पास गरेकाे बीबीसीले जनाएकाे छ ।
उत्तर काेरियाकाे सरकारी समाचार एजेन्सी केसीएनएले यसबारेमा जानकारी दिएकाे खबरमा उल्लेख छ ।
उत्तर कोरियाका राष्ट्रपति किम जाेङ उनले याे घाेषणामा कुनै परिवर्तन नहुने बताउनुभएकाे छ । उहाँले यसबारेमा कुनै पनि स्तरकाे वार्ताकाे सम्भावना नहुने पनि बताउनुभएकाे बीबीसीले जनाएकाे छ ।
यस कानुनका अनुसार उत्तर काेरियालाई आफ्नाे रक्षाका लागि परमाणु हतियार प्रयाेग गर्ने अधिकार हुनेछ ।
विभिन्न प्रतिबन्धका बाबजुद उत्तर काेरियाले सन् २००६ र २०१७ काे बीचमा ६ परमाणु परीक्षण गरेकाे छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्काे कैयाैँ प्रस्तावकाे बाबजुद उत्तर काेरियाले आफ्नाे सैन्य क्षमता बढाएकाे छ ।
अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग किम जाेङकाे दुई पटक शिखर वार्ता भएकाे थियाे तर कुनै नतिजा भने निस्किएन ।
त्यसपछि भने अमेरिका र उत्तर काेरियाबीच कुराकानी राेकिएकाे छ । यद्यपि जाे बाइडन सरकारले उत्तर काेरियासँग वार्ता गर्न चाहेकाे सङ्केत दिएकाे थियाे । तर राष्ट्रपति बाइडनले किम जाेङ उनसँग भेट गर्ने/नगर्ने भन्नेबारे स्पष्ट थिएन ।
यस वर्ष उत्तर काेरियाले कीर्तिमानी सङ्ख्यामा ब्यालेस्टिक मिसाइल परीक्षण गरेकाे थियाे । यही कारण काेरिया प्रायद्वीपमा तनाव बढेकाे छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





