एसइई आजबाट , पौने ५ लाख परीक्षार्थी सहभागी हुँदै, नायिका देखि सांसदसम्म परीक्षार्थी

२०७५ चैत्र १० गते, आईतवार

जनचासाे स‌ंवादाता ।
आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदै छ । बिहान ८ बजेबाट शुरु हुन परीक्षामा मुलुकभर बाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । छात्राको संख्या २ हजार १ सय १३ ले बढी हो । यस वर्ष देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र तोकिएका छन् । परीक्षाका निम्ति केन्द्राध्यक्ष लगायत ७२ हजार ६ सय ३१ जन शक्ति प्रत्यक्ष खटिने जनाइएको छ ।

साधारण, संस्कृत र प्राविधिक धारका गरी ९९ विषयको परीक्षा लिइने छ । पहिलो पटक सङ्घीय संरचनाको स्वरुप अनुसार आजबाट शुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन्। परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट सहभागी हुँदैछन् । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी हुँदैछन् । कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् ।

त्यस्तै प्रदेश नं १ बाट ८३ हजार ८ सय १८, प्रदेश नं २ बाट ७० हजार ५ सय १८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९ सय ८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल हुनेछन् । परीक्षामा देशभर एक हजार ९ सय ६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९ सय ६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित हुनेछन्

नायिकादेखि सांसदसम्म परीक्षार्थी ः यो वर्षको एसइई परीक्षार्थीहरू स्कुले उमेर १४ देखि १८ वर्षका मात्रै छैनन्, सेलेब्रिटी, जनप्रति निधि र बूढापाका पनि छन्। नायिका करिष्मा मानन्धरले काठमाडौंबाट एसइई परीक्षा दिँदैछिन् भने नेकपाकी सचेतक शान्ता चौधरी पनि गृहजिल्ला दाङको तुल्सीपुरबाट एसइई परीक्षा दिँदैछिन् । मानन्धरले कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी हुन्।

यही विद्यालयको नियमित विद्यार्थीका रूपमा डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिँदैछिन्। खुला विद्यालय प्रणालीमा पढेकी प्रतिनिधिसभा सांसद ३८वर्षीया चौधरीले सेन्टर मावि तुल्सीपुर केन्द्रबाट जाँच दिँदैछिन्। उनी एमालेबाट २०६४ र २०७४ मा दुईपल्ट सांसद भएकी हुन्। उनकी १७ वर्षीया छोरी बिनुले पनि यही वर्ष सिर्जना बाल विद्यालय काठमाडौंबाट एसईई दिँदैछिन्।

सम्पूर्ण काम प्रदेश सरकारले गर्नेः मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्नेछ। परीक्षा व्यवस्थापनको सम्पूर्ण काम यसवर्ष प्रदेश सरकारले गर्नेछ भने प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएकाले यसको जिम्मेवारी भने बोर्डले लिएको छ । यस वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको छ । परीक्षामा साधारणतर्फको अनिवार्य ६ विषयका फरक–फरक प्रश्नपत्र बनाइएको र प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ ।

सामुदायिकमा छात्रा र निजीमा छात्र बढी ः राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णु अधिकारीकार अनुसार सामुदायिक विद्यालयका तीन लाख चार हजार १९६ विद्यार्थी मध्ये एक लाख ५८ हजार ३८९ छात्र र एक लाख १८ हजार ८०७ छात्रा छन् ।

निजी विद्यालय तर्फ कूल एक लाख ३४ हजार ८०७ मध्ये ७८ हजार ५६ छात्र र ५६ हजार ७५१ छात्रा छन् । गत वर्ष पनि निजी विद्यालय तर्फ छात्र बढी थिए । सो वर्ष सामु दायिक विद्यालयमा कूल तीन लाख ५९ हजार ९१२ र निजी विद्यालयमा एक लाख २५ हजार ६७४ गरी चार लाख ८५ हजार ५८६ परीक्षार्थी थिए ।

432 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal