करोडौंको सामान अड्किएपछि ऋ,णको प्रेसरले न्युरोडका व्यवसायीले गरे आ,त्म ह’त्या
बैंकले निरन्तर ब्याज तिर्न प्रेसर दिएपछि न्युरोडका एक व्यापारीले आ,त्म ह,त्या गरेका छन् । बैंकको ऋण तिर्न नसकेको र आफ्ना सामान उत्तरी नाकामा अड्किएपछि व्यवहार बिग्रिएको भन्दै न्युरोड रन्जना मलमा व्यापार गर्दै आएका सुदर्शन घिमिरेले प्राण त्यागेका हुन् ।
उनले व्यवसाय बिग्रिएपछि प्राण त्याग गरेको र यसमा राज्यको नीति दोषी भएको भन्दै बिहीबार रन्जना मलका व्यवसायीहरुले एक कार्यक्रम गर्दै सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।
बैंकको ब्याज महँगो भएको, सहकारीले आफ्नो पैसासमेत झिक्न नदिएको र आफ्नो सामान नाकामा अड्किएका कारण व्यापारीले आ,त्म ह,त्या गरेको भन्दै यसतर्फ सरकार ग,म्भीर हुनुपर्ने उनीहरुको तर्क थियो । घिमिरेले बैंक, र सहकारीबाट ऋ,ण लिएर व्यवसाय गर्दै आएका थिए ।
‘अहिले बैंकको ब्याज एकदम महँगो भयो । सहकारीले आफ्नै बचतसमेत फिर्ता दिन नसक्ने अवस्था भयो । नाकामा समान अड्कियो । सबैतिरको व्यवहार बिग्रिएपछि व्यवसायी मित्र सुदर्शन घिमिरेले प्राण त्याग गर्ने निर्णय लिनुभएछ ।
रन्जना व्यापार संघकि अध्यक्ष बिना श्रेष्ठले भनिन्- ‘यस विषयमा सरकार गम्भिर नभए अरु व्यवसायीहरुको पनि यस्तै अवस्था आउन सक्छ । हामीले एक असल मित्र गुमाएका छौँ । सरकारले यसतर्फ सोच्न अव ढिलो गर्नुहुँदैन ।’
उनका अनुसार घिमिरे बिगत लामो समयदेखि सो स्थानमा व्यापार गर्दै आएका थिए । पछिल्लो समय उनी लगायतका व्यवसायीहरुको करोडौँको सामान उत्तरी नाकामा अड्किएको छ ।
‘दशैं आईसक्यो, तर सामान नाकाबाट आएको छैन । सबै सामान नाकामै अड्किएको छ । यहिबेला बैंकले ब्याज बढाएको छ । सहकारीमा आफुले राखेको पैसासमेत झिक्न मिलेको छैन । व्यवसायीहरुको यस्तो समस्यालाई सरकारले छिटो भन्दा छिटो सम्बोधन गर्नुपर्छ ।’ उनले भनिन् ।
यता जयन्ती व्यापार संघका अध्यक्ष समिर यादवले कहीं पनि नभएको ब्याज नेपालका बैंकहरुले लिंदा व्यवसायीहरुलाई अफ्ट्यारो परेको बताएका छन् ।
उनले बैंकहरुले ८ प्रतिशतमा दिएको ब्याजलाई अहिले १६ प्रतिशतसम्म पुर्याएकै कारण व्यवसायीहरु ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका हुनाले अहिलेको स्थिति आएकोसमेत बताएका छन् ।
‘कहीं नभएको ब्याज हाम्रो नेपालमा छ । १३-१४ प्रतिशत ब्याज बैंकले लिने भनेको कुरा सार्है नहुने काम हो । यहि कारण व्यवसायीहरु निकै ठुलो समस्यामा छन् ।
यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्छ ।’ यादवले भने – सरकारले बेलैमा सोचेन भने यस्ता थप घ,टनाहरु पनि देख्नुपर्ने हुनसक्छ । त्यसैले सरकारले यस विषयमा छिटोभन्दा छिटो सम्बोधन गर्न आवश्यक छ ।’
यता रन्जना व्यापार संघका पूर्व अध्यक्ष अन्जन शाक्यले यस्ता घटना पहिलोपटक नभएको भन्दै सरकारले व्यवसायीका समस्यामा अव पनि ध्यान नदिए व्यवसायीहरु थप समस्यामा पर्ने बताएका छन् ।
‘व्यवसायीहरुलाई व्यवसायहरुप्रति नै वितृष्णा आउने अवस्था छ । सरकारले व्यवसायमैत्री नीति नबनाउँदा थप समस्या भएको छ । यस्ता आत्महत्याका घटना कम गर्न सरकारले व्यवसायीका समस्या समाधान गर्न सक्नुपर्छ । व्यवसायीहरु मानसिक तनावमा छन् । व्यापार छोडौं भने के गर्ने, नछोडौं व्यापार गर्ने अवस्था नै छैन ।
कोभिडपछि झन् विकराल बनेको स्थिति तत्काल समाधान हुने स्थिति देखिएको पनि छैन । अव पनि सरकारले ख्याल नगरे अन्य व्यवसायीहरुले पनि आत्मह’त्या नगर्लान् भन्न सकिन्न ।’
बैंकको ब्याज तिर्न नसक्दा घिमिरे लामो समयदेखि मानसिक तनावमा थिए । दशैंको मुखमा नेपालआउनुपर्ने सामान उत्तरी नाकामा रोकिएकै कारण उनी थप तनावमा रहेको उनका आफन्तहरुको भनाई छ ।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





