रुपन्देही विकासमा निकै अगाडि छ : (उपाध्यक्ष पौडेल)

२०७९ भाद्र २४ गते, शुक्रबार

रुपन्देही का पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही विकासमा निकै अगाडि रहेको दाबी गर्नुभएकाे छ । 

बुटवलको कालिका मानविज्ञान माविमा आज शुक्रवार आयोजित कानुन विद्यार्थी समाजको पद हस्तान्तरण कार्यक्रममा उहाँले भौतिक र पूर्वाधार विकासका हिसाबले रुपन्देही नमुना बनेको उल्लेख गर्नुभयो ।

अरूले कल्पना नगरेको विकासको सुरुवात भएको दाबी गर्दै देशको शैक्षिक केन्द्रका रूपमा समेत रुपन्देहीलाई अगाडि बढाउने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

शैक्षिक विकासमा कालिका मनविज्ञानको योगदान उच्च रहेको जनाउँदै उपाध्यक्ष पाैडेलले यसले देशकै उत्कृष्ट पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभयो । 

याे पनि – सिरहा नेता कार्यकर्ताको बाक्लै जमघट हुने नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आश्रममा यतिबेला सन्नाटा छाएको छ । 

सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित नेता गिरिले शान्तरुपमा बस्न र थकाइ मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा आश्रम बनाउनुभएको थियो ।

उहाँको निधनसँगै आश्रममा सन्नाटा छाएको  छ । बाह्र बिघा क्षेत्रफलमा रूख बिरुवाका बीच बनेको आश्रममा समाजवादी चिन्तक प्रदीप गिरि आउने बित्तिकै कार्यकर्तादेखि बौद्धिक व्यक्तित्व भेला भइहाल्थे । 

वनस्पतिले दिने शीतलता, चराचुरुङ्गीको चिरबिर अनि शान्त परिवेशमा टहल्न आउने पनि प्रशस्तै हुन्थे । यही आश्रममा अहिले सन्नाटा छाएको छ ।

आश्रममा २०५२ सालदेखि काम गर्दै आउनुभएका ५५ वर्षीया जितनी राम, ५० वर्षीय गम्भीरमान लामाको अनुहार मलिन छ । 

आफ्नो प्यारो अभिभावकले सदाका लागि छाडेर गएपछि आश्रममा बस्दै आएका उहाँहरु शो,कमा डुबेका छन् ।

‘आश्रमको अभिभावक नै सदाका लागि छाडेर गएपछि हाम्रो बिजोग भएको छ, हामी अभिभावकविहीन भएका छौँ’, आश्रमको रेखदेख गर्दै आउनुभएका रामकृष्ण चौधरीले भन्नुभयो, ‘पहिला मान्छेको भिडभाड बाक्लै हुन्थ्यो।

तर प्रदीप दाइ बिरामी भएर उपचार गराउन दिल्ली गएदेखि आश्रममा प्रायः मान्छे आउनै छाडेका थिए । अब त झन उहाँ सदाका लागि यो संसारबाट बिदा भएपछि किन आउँछन् र मान्छे यहाँ ।’

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal