सन्दीप फर्केनन्, राष्ट्रिय क्रिकेट टोली फर्कियो

२०७९ भाद्र २२ गते, बुधबार

काठमाडौँ । केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाली टोली बुधबार बिहान स्वदेश फर्किएका हुन् ।
नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए । नेपालले केन्याविरुद्ध टी–ट्वान्टी र एकदिवसीय सिरिज खेलेको थियो । नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।
यस्तै ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो । स्वदेश फर्किलगतै एकदिवसीय सिरिजको कप्तान सम्हालेका रोहित कुमार पौडेल प्रतियोगीतामा नयाँ अनुभव प्राप्त भएको बताए । उनले आफुले कप्तानको भूमिकामा सबै खेलाडीको साथ पाएको बताए ।
त्यस्तै खेलाडी ज्ञानेन्द्र मल्लले जुनसुकै भूमिकामा पनि देशका लागि खेल्दा खुसी नै लागेको बताए । लामो समयपछि टीममा जोडिँदा सुरुमा केहि कठिनाई भएपनि सन्तोषजनक खेल प्रदर्शन गरेको उजको भनाई छ ।

नेपाल फर्किएका खेलाडी अब नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ–आफ्नो टोलीसँग जोडिने तयारी गरेका छन् ।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्किए पनि सन्दिप लामिछाने भने फर्केका छैनन् । क्यारेबियन प्रिमियर लिगका लागि लामिछाने बेस्ट इन्डिजमै छन् । लामिछानेको टीम जमैका तल्लावासले सेन्ट लुसिया किङ्सविरुद्ध बिहीबार खेल्दैछ ।

यसैबीच राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध एक नाबालिगलाई बलात्कार गरेको भन्दै काठमाडौँ प्रहरीमा उजुरी परेको हो ।

201 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal