खोटाङ कांग्रेसका नेता राई कसरी दुइतिरैबाट सिफारिस भए रु

२०७९ भाद्र २१ गते, मंगलवार

खोटाङ । नेपाली कांग्रेस खोटाङले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि कांग्रेस नेता रोजन राईलाई संघ र प्रदेश दुवै तहको लागि नाम सिफारिस गरेको छ ।

जिल्लाबाट यसरी संघ र प्रदेश दुइवटै तहमा सिफरिस हुनेमा राई मात्र एक्लो नेता हुन् । खोटाङमा चर्चित नेताका रुपमा रहेका राई पार्टीको पटक पटक महाधिवेशन प्रतिनिधि भएका छन् भने नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, केन्द्रीय कार्यसमितिको केन्द्रीय वि भाग सदस्य हुँदै काम गरेको अनुभव छ उनीसँग । विद्यार्थी आन्दोलन होस् वा लोकतान्त्रिक आन्दोलन, सधै अग्रपंक्तिमा र अग्रमोर्चामा लड्ने नेता हुन् उनी । पार्टी सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाको नजिकका पात्रको रुपमा रहेका राइलाई सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र गृहमन्त्री बालकृष्ण खाणको सहयोग रहने हुँदा संघ र प्रदेशमध्ये एउटामा टिकट हात पार्न सक्ने नेताहरुको बुझाई रहेको छ । राई पत्रकारितामा पनि स्थापित व्यक्तित्व हुन् । उनले नेविसंघकै पृष्ठभूमिबाट महामन्त्री बनेका विश्वप्रकाश शर्मा, गगन कुमार थापा सहमहामन्त्रीहरु किशोर सिंह राठोर र बद्री पाण्डेसँग पनि राम्रो सम्बन्ध राख्ने गरेकाले उनी उम्मेदवार हुने सम्भावना बढेको जनाइएको छ ।

अधिकांश समय गाउँघरमा गएर जनताको काममा सक्रिय भएर लागेका उनी अहिले मतदाताले नयाँ सोच र भावना बोकेका जनप्रतिनिधि रोजेकाले आफू त्यो विशेषता भएको बताउँछन् । स्थानीय तहको निर्वाचनमा पनि खोटाङमा कांग्रेसले बलियो उपस्थिति जनाएको छ । उनले अबका दिनमा एमालेले हिजोको कथा सुनाएर जनताको मत नपाउने पनि दाबी गरेका छन् । ‘एमाले त राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै कमजोर भएको छ त्यसैले अब जनतालाई जति झुक्याए पनि एमालेले मत पाउन सक्दैन’ राइले भने ।

राइसँगै प्रतिनिधिसभाको उम्मेदवारको लागि सुवासकुमार पोखरेल, भुपेन्द्र राई, डा। राजकुमार राई, आरपी आचार्य, योगेन्द्र राई र सर्वद्धन राई सिफारिसमा परेका छन् । त्यसैगरी प्रदेश सभा सदस्यमा पनि समानुपातिकतर्फ रोजन राईको एक नम्वरमा नाम सिफारिस भएको छ । राइसँगै देबी राई, दुरेन्द्र राई, पेशलकुमार राई, डिल्ली कुमारी आचार्य, राजन राई र हिरा निरौला पनि आकांक्षी रहेका छन् ।

267 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal