पर्यटन मन्त्रीलाई कानुन पढाउने गार्ड फुलमाला लगाएर घर फर्किए
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा परेका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन्। आज अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएपछि उनी छुटेका हुन।
जिल्ला सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनका आधारमा साधारण तारेखमा छाड्न आदेश दिइएको काठमाडौं प्रशासनले जनाएको छ। गत शुक्रबार काठमाडौंको छायाँ सेन्टरस्थित भिसा सेन्टरमा गुरुङले मन्त्री श्रेष्ठमाथि दु,र्व्यवहार गरेको भन्दै प,क्राउ गरिएको थियो ।
उनीमाथि अ,भद्रव्यवहार कसूरमा हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो। तर, मन्त्री श्रेष्ठको चर्को आ,लोचना भएपछि गृहमन्त्री बालकृष्ण खाँणले सोमबार प्रक्रिया पूरा गरेर रिहा गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए।
सुरक्षा गार्ड गुरुङलाई थुनामा राखेको भन्दै उनकी श्रीमती लक्ष्मी गुरुङका तर्फबाट सोमबार दिउँसो सर्वोच्च अदालतमा मन्त्री श्रेष्ठ, पर्यटन र गृह मन्त्रालय, प्रहरी, जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो ।
रिटको सुनुवाइ मंगलबारका लागि तोकिएको छ । तर, त्यसअघि नै गुरुङलाई प्रशासनले सोमबार साँझ नै रिहा गरेको हो ।सोमबार दिउँसो गृहमन्त्री बालकृष्ण खाँणले गुरुङलाई प्रक्रिया पूरा गरेर रिहा गर्न काठमाडौंका प्रजिअ रिजाललाई निर्देशन दिएका थिए ।
त्यसको केही बेरमै रिजालले प्रहरीलाई बोलाएर गुरुङसम्बन्धी फाइल जिल्ला प्रशासन कार्यालयमा पेस गर्न निर्देशन दिएका थिए ।त्यस्तै नेपाल श्रमिक आपूर्तिकर्ता संघका तर्फबाट अध्यक्ष रामेश्वर शाहले गुरुङलाई प,क्राउ गरी थुनामा राखेकोमा आपत्ति जनाउँदै रिहा गर्न माग गरेका थिए ।
त्यस्तै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महासचिव लक्ष्मण शर्माले पनि गुरुङलाई थुनेकोमा आपत्ति जनाउँदै सरकारको ‘अलोकतान्त्रिक, हैकमवादी र स्वेच्छाचारी क्रियाकलाप’ भन्दै तत्काल रिहा गर्न विज्ञप्तिमार्फत आग्रह गरेका थिए ।
त्यति मात्र होइन, निर्दोषलाई सत्ताको आडमा थुनाएको भन्दै विरोध भएपछि मन्त्री श्रेष्ठको सचिवालयले पनि ‘गुरुङले गल्ती महसुस गरेको’ जिकिर गर्दै उनलाई नियन्त्रणमुक्त गरिदिन आग्रहसहित विज्ञप्ति जारी गरेको थियो । त्यसपछि प्रशासन आफैंले म्याद थप गर्न लगाएको निर्णयबाट पछि हटेर गुरुङलाई थुनामुक्त गरेको हो ।
यस घ,टनाले सत्ताको आडमा निर्दोषलाई प,क्राउ गर्ने र चौतर्फी दबाबपछि बाध्य भएर पछि हट्ने सत्ताको नियत छताछुल्ल पारिदिएको छ । मन्त्री श्रेष्ठले सत्ता र शक्तिको आडमा गुरुङलाई प,क्राउ गर्न लगाएको भन्दै त्यसको चौतर्फी विरोध भएको छ ।
आफूमाथि दु,व्र्यवहार गरेको आरोप लगाउँदै मन्त्री श्रेष्ठले उनका अंगरक्षक रवीन कार्कीमार्फत शुक्रबार ठमेलस्थित क्यानेडियन भिसा सेन्टरमा कार्यरत सुरक्षा गार्ड गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।भिसा सेन्टरमा बायोमेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठले लाइन मिच्न खोजेपछि गुरुङले रोकेका थिए ।
तर, मन्त्री श्रेष्ठ र उनका अंगरक्षकले उल्टै बलजफ्ती गरेर भित्र छिर्न खोजेपछि गुरुङले रोक्दै प्रतिवाद गर्दा स्थिति असहज बनेको थियो ।
त्यसपछि मन्त्री श्रेष्ठको निर्देशनमा उनका अंगरक्षक कार्कीको जाहेरीका आधारमा प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १ सय १८ अन्तर्गत कसुर गरेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
मन्त्री श्रेष्ठ शुक्रबार बिहान करिब सवा ९ बजे श्रीमती, मन्त्रालयका कर्मचारी, सेना र प्रहरीबाट खटिएका अंगरक्षकसहित भिसा सेन्टर पुगेका थिए ।
मन्त्री भन्दा अघि अरु सेवाग्राहीको पनि लाइन थियो । मन्त्रीको टोली लाइन मिचेर अघि बढ्न खोज्यो । तर, ड्युटीमा खटिएका सुरक्षा इन्चार्ज गुरुङले रोक्दै सामान्य नागरिकजस्तै लाइनमा बस्न आग्रह गरे ।
गुरुङले रोकेपछि अंगरक्षक कार्कीले ‘उहाँ मन्त्रीज्यू हुनुहुन्छ, जान दिनुस’ भनेर चर्को स्वरमा हप्काएको गरुड सेक्युरिटिजले जनाएको छ ।तर, गुरुङले लाइन नमिच्न आग्रह गरे ।
गुरुङ नेपाली सेनाका अवकाशप्राप्त सुरक्षाकर्मी हुन् । गुरुङले मन्त्री आउने पूर्वजानकारी नभएको र नियम सबैका लागि बराबर रहेको भन्दै अगाडि बढ्न दिएनन् ।
त्यसपछि स्थिति असहज बन्यो । त्यही बेला मन्त्री श्रेष्ठ आफैं सुरक्षा गार्डमाथि जाइलागेको गरुडका प्रशासन प्रमुख अभिशेकजंग कार्की बताउँछन् । त्यसपछि भिसा सेन्टरबाट फर्किएलगत्तै गुरुङलाई थुन्न मन्त्रीका अंगरक्षक कार्कीले जाहेरी दिएका थिए ।
आइतबार उनलाई प्रशासनले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकोमा त्यसको विरोधपछि सोमबार सरकार आफ्नै निर्णयबाट पछि हटेर गुरुङलाई रिहा गर्न बाध्य भएको हो ।
ताजा
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवार
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न
२०८३ जेष्ठ १९ गते, मंगलवार
माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !
२०८३ जेष्ठ १९ गते, मंगलवार
‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा
२०८३ जेष्ठ १९ गते, मंगलवार
चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल
२०८३ जेष्ठ १९ गते, मंगलवार
विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’
२०८३ जेष्ठ १९ गते, मंगलवार
अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ
२०८३ जेष्ठ १९ गते, मंगलवार
नारायणहिटी हत्याकाण्डको २५ वर्ष
२०८३ जेष्ठ १९ गते, मंगलवार
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का
२०८३ जेष्ठ १७ गते, आईतवार
काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन
२०८३ जेष्ठ १७ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





