राजमार्गका होटल हरु कहिले सुद्रेलान् यात्रुलाई स,डेगलेका खाना र दु,व्र्यवहार।

२०७९ भाद्र २० गते, सोमबार

केही दिनअघि काठमाडौँबाट धादिङ आउँदै गरेकी युनिशा अधिकारीले कान्तिपुर होटलमा दुई सय तिरेर एक प्लेट मःम मागिन, तर खान सकिनन्।

एक त नागढुङ्गा–नौबिसे सडकखण्डको जाम, त्यसमाथि राजमार्गका होटलमा स,डेगलेका खाना। गुनासो गर्दा होटल सञ्चालकबाट उल्टै दु,व्र्यवहार।

होटल सञ्चालकले असुल्ने मनपरी मूल्य आफ्नै ठाउँमा छ। खाना सफा भएनभन्दा होटलका सञ्चालक र मजदुरले दु,व्र्यवहार गर्नुका साथै ध,म्क्याउने गरेका छन्।

खान मिल्ने नै थिएन। खानीखोलास्थित आरपी कोल्ड स्टोर एण्ड खाजा घरमा भेटिएकी अधिकारीले भनिन्, ‘मःम काँटा चम्चाले टिप्नै नमिल्ने थियो। मुखमा हाल्नसक्ने नै थिएन। गुनासो गर्दा होटलवालाले उल्टै थ,र्काउँदो रहेछ।’

हुन त राजमार्ग आसपासमा सञ्चालन हुने होटलमा यात्रु ठगिने र गुणस्तरहीन खाना खुवाउने विषय नौलो होइन। वर्षाैंदेखि सर्वसाधारण यात्रुले भोग्दै आएको स,मस्या हो यो।

राजमार्ग आसपासमा हजारौँको सङ्ख्यामा होटल सञ्चालन भएका छन्। सरकारले मूल्यसूची अनिवार्यरूपमा राख्नुपर्ने नियम ल्याए पनि कार्यान्वयन हुन सकेको छैन। खानाको गुणस्तरमा समेत सुधार हुन सकेको छैन।

गुणस्तरअनुसार खानेकुरा महँगो भयो भनेर सञ्चालकलाई सुनाउँदा प्रायः सबैले ध,म्क्याइ खेप्नुपर्छ। खाना गुणस्तरीय भएन, महँगो भयो भनेर जसले सुनाउँछ उसले सञ्चालक वा मजदुरबाट खानाको साटो मुखभरिको जवाफ र दु,व्र्यवहार सहनुपर्छ।

व्यवसायीले आफूखुसी खानाको मूल्य निर्धारण गरी यात्रुसँग चर्को मूल्य असुल्दै आएका छन्। यात्रुहरूले महँगो मूल्य तिरेर पनि बासी खाना खानुपर्ने बाध्यता छ। गाडी सञ्चालक र होटल व्यवसायीको मिलेमतोमा सार्वजनिक सवारीमा आवतजावत गर्ने यात्रु यसरी ठगिँदै आएका छन्।

दार्चुलाबाट काठमाडौँ आउँदै गरेका तारादत्त भट्ट चढेको गाडी पृथ्वीराजमार्गको खयरघारीस्थित कान्तिपुर होटलमा रोकियो। भट्टले खाना मगाए, तर दुई गाँस पनि खान सकेनन्।

सार्वजनिक यातायात चढेर यात्रामा रहेका उनलाई बस जहाँ रोकिन्छ त्यहीँ खाना खानुको विकल्प पनि थिएन। भोको पेट भर्नकै लागि खाना खाँदा प्रायजसो चिसो भइसकेको गुणस्तरहीन खानेकुरा जबर्जस्ती खानुपर्ने बाध्यता आइपर्ने भट्टले गुनासो गरे।

‘प्रायजसो बासी खाना भेटिन्छ। महँगो पैसा तिरेर गुणस्तरहीन खानेकुरा जबर्जस्ती खानुपर्ने बाध्यता छ। रु १० पर्ने चियालाई रु ३० सम्म लिन्छ’, उनले भने।

‘खानुभन्दा पहिले नै पैसा तिरेर खान लागेको खाना दुई चम्चा पनि खान सकिएन, होटलवालासँग बोल्यो कि कुटुम्ला जस्तो गर्दोरहेछ। हाम्रोमा हुने यस्तै हो, खाए खाऊ नत्र जाऊ भन्दै उल्टै थ,र्काउँछ’ अर्का यात्रु अम्बिका श्रेष्ठले सुनाइन्।

होटलमा पसेर खानेकुरा खाँदा आफूहरु ठगिनु परेको, खानाबारे सोधपुछ गर्दा उल्टै दु,व्र्यवहार सहनुपरेको तीतो यथार्थ अधिकांशले कुनै न कुनै बेला भोग्नुपरेकै छ।

‘सधैँ यहीँ बाटो हिँडिराख्नुपर्छ, माइक्रो यहीँ रोक्छ। होटलवालालाई महँगो भयो ‘खाना चिसो रहेछ’ भनेर सोध्नसमेत हुँदैन खानाको साटो गाली खाइन्छ’ श्रेष्ठ भन्छिन्, कहिले जामले रोकिन्छ कहिले पहिरोले छेकिएर समयमा गन्तव्य पुगिँदैन, जतिसुकै पैसा तिरेर जस्तोसुकै खाना भए पनि भोक मेटाएर हिँड्नु राजमार्गका यात्रुको बाध्यता हो।’

राजमार्गका होटल तथा रेस्टुराँ अन्यत्रभन्दा महँगा भएको स्वयं होटल सञ्चालकले नै स्वीकार्ने गरेका छन्। यात्रु ल्याउने गाडीलाई भत्ता दिनुपर्ने र तीन/चार वटा खाना चालक सहचालकलाई निःशुल्क दिनुपर्दा खानाको मूल्य बढी लगाउनुपरेको होटल सञ्चालक कुमार घिमिरेले बताइन्।

होटल सञ्चालकको मिलेमतोमा बस तथा माइक्रोबस चालकले २० मिनेटमात्र खाना तथा खाजा खाने समय राखेर यात्रुलाई अप्ठ्यारोमा पार्ने गरेका छन्।

‘बीस मिनेटमा शौचालय जान, हातमुख धुन र खाना, खाजा खान भ्याइँदैन। एउटै होटलमा एकैपटकमा दसौँ गाडी र सयौँ यात्रु हुनेहुँदा शौचालय, धारो र टेबलमा समेत पालो पाउन गाह्रो पर्छ, काठमाडौँ आउँदै गरेकी राधिका अधिकारी भन्छिन् ‘खाना थप्न त कता हो कता पहिलेकै खाना बुत्याउन भ्याइँदैन।’

पृथ्वीराजमार्गको नौबिसेदेखि बेनिघाट आसपासका होटलले यात्रुलाई सेवा दिने नाममा गुणस्तरहीन खाना खुवाएर मनपरी पैसा असुल्ने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले अनुगमन थालेको छ। अनुगमनमा परेका अधिकांश होटल फो,हरी भेटिएका छन्।

स्थानीय नागरिक तथा यात्रुको गुनासोलाई ध्यान दिएर अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए। अनुगमनका क्रममा सरसफाइ नगर्ने, मूल्यसूची नराख्नेलाई पनि कारबाही र सचेत गराइएको छ। मूल्यसूची नराख्नेलाई सात दिनभित्र राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी लम्सालको भनाइ छ।

सरकारी निकायले अनुगमन नियमित नगर्ने गरेको गुनासो पनि सुनिन्छ तर सरकारी निकायले भने कर्मचारीको कमी, छोटो समयमा कार्यालय प्रमुख तथा कर्मचारीको सरुवा, भौगोलिक जटिलता लगायतका कारण बजार अनुगमन नियमित हुन नसकेको बताउँदै आएको छ ।

प्रत्येक दिन अनुगमनमै खटिने जनशक्ति नभए पनि आवश्यकताअनुसार अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी लम्सालको दाबी छ ।

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal