देउवा, प्रचण्ड र माधवको पछि लाग्दा बुढेसकालमा चित्रबहादुर केसीको ह,रिबिजोग !
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भन्ने वित्तिकै सबैको मनमा संघियताको विरोध गर्ने एउटा जबर्जस्त विम्ब मनमा आउँथ्यो ,संघियता भनेको ऋण गरेर घिउ खानु जस्तो हो भन्ने गरेका केसीको बारेमा छुट्टै खालको छाप नेपाली समाजमा रहेको थियो तर त्यो सबै विस्तारै धुमिल हुँदै गएको छ ।
केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चाले अहिले पनि संघियताको विरोध गरिनै रहेको छ तर त्यसको सोसियल भ्यालु लिलामीकै अवस्थामा पुगेको छ । किनभने मुखले संघियताको विरोध गरेता पनि व्यवहारमा भने राष्ट्रिय जनमोर्चा जातिय पहिचानको आधारमा १४ प्रदेश बनाउनु पर्छ भन्ने बावुराम भट्टराई र उपेन्द्र यादवहरुकै गठबन्धनमा रहेको छ।
प्रतिनिधीसभामा जम्मा एक सिट भएको केसीको पार्टी समेत परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्छ भन्दै माग गरेर रिट हाल्ने मध्येको एक रहेको थियो । परमादेश पछाडीका कथा कस्ता रहेछन् भन्ने कुरा अहिले निलम्बित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले धमाधम खोलिरहेका छन् ।
एक सिट भएता पनि गठबन्धनमा सामेल भएको राष्ट्रिय जनमोर्चाको त्यहि एक सिट पनि खुस्किने अवस्था देखिएको छ । केसीको पार्टीले एक्लै चुनाव जित्ने तागत पुर्ण रुपमा गुमाइसकेको छ भने अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट प्यूठानमा एक सिट राजमोले जितेको थियो अब प्यूठानमा बामदेव गौतमले दाबी गरेका छन् ।
गठबन्धनमा भएर पनि सरकारले ल्याएको हरेक कुरामा विरोध गर्ने जनमोर्चालाई साइजमा राख्नकै लागी प्रचण्डले योजनाबद्ध रुपमा हसिया हथौडा चिन्हबाट बामदेवलाई प्युठानमा उठाउन खोजेको चर्चा चलेको छ । हुँदा खाँदाको एक सिट पनि गुम्ने अवस्था देखिए पछि राजमोका नेताहरु पिरोलिएका छन् ।
राष्ट्रपतिबाट ६ बर्षका लागी राष्ट्रिय सभामा मनोनित भए पनि गौतमको इच्छा प्रतिनिधीसभामै चुनाव जितेर आउने रहेको छ । अघिल्लो पटकको निर्वाचनमा बाम गठबन्धनको उमेदवार भएर पनी बर्दियामा काग्रेस नेता संजय गौतमसँग नमिठो पराजय बेहोरेका उनी यस पटक बर्दिया छोडेर प्यूठान जाने तयारीमा रहेका छन् ।
गौतमले यस पटकको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडाबाट प्रतिष्पर्धा गर्नेछन् । गौतम सहित बावुराम भट्टराईलाई पनि आफ्नो चुनाव चिन्ह दिनका लागी माओवादी केन्द्र तयार भएको छ । माओवादीको चुनाव चिन्हबाट चुनाव लड्न खोजेका गौतमले मलाई त्यहि केटि चाहिन्छ स्टाइलमा प्यूठाननै चाहिने दाबी गर्दै आएका छन् ।
अघिल्लो पटकको निर्वाचनमा प्यूठानबाट बाम गठबन्धनकी उमेदवार दुर्गा पौडेल बिजयी भएकी थिइन् । अहिले पनि गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चाको खाइपाइ आएको त्यहि एक सिट पनि बामदेव गौतमका कारण खोसिने अवस्था आएको छ । गौतमलाई गठबन्धनले उमेदवार बनाएमा दुर्गा पौडेलले प्यूठानबाट हात धुनु पर्ने निश्चित छ ।
गौतमलाई उमेदवार बनाउने चर्चाले गठबन्धन भित्रै पनि किचलो बढेको छ । प्रचण्डले गौतमलाई बोकेको भन्दै जनमोर्चा , काग्रेस देखि माओवादी भित्रकै पनि ठूलो तप्का विरोधमा देखिएको छ ।
एमालेले पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सुर्य थापालाई उमेदवार बनाउने निश्चित जस्तै छ । थापाका लागी पौडेल भन्दा गौतमसँग प्रतिष्पर्धा गर्दा जित्ने सम्भावना धेरै देखिएको छ ।
गठबन्धनबाट काग्रेस भन्दा जनमोर्चाको उमेदवार सहज , जनमोर्चा भन्दा बामदेव गौतम सुर्य थापालाई झन सहज हुने विश्लेषण गरिएको छ ।
कम्युनिष्ट भित्र गौतमको अवसरवादी चरित्रका कारण उनको इजतनै लिलामीको अवस्थामा पुगेको बाम विश्लेषकहरुले बताएका छन् । यस्तो अवस्थामा गौतमलाई हराएर सांसद बन्न थापालाई सहज हुने अनुमान गरिएको छ ।
बामदेव गौतम बाम गठबन्धनकै तर्फबाट उमेदवार बने पनि उनले चुनाव नजित्ने प्यूठानको भूगोललाई राम्रो सँग बुझेका व्यक्तिहरुले बताएका छन् ।
यता बामदेवका कारण गठबन्धन भित्रै पनि विवाद चुलिदा उनले हार्ने सम्भावना बढ्ने बताइएको छ । प्रचण्ड स्वयंको भूमिका पनि गौतमलाई चुनाव जिताउने तिर हुने होकी हराउने तिर हुने हो यसै भन्न नसकिने बताइन्छ ।
प्रष्ट छ गौतम सांसद मात्रै बन्नका लागी प्रतिनिधीसभा सदस्य बन्न लाग्दै छैनन् उनी उस्तै परे प्रधानमन्त्री बन्ने दाउमा रहेका छन् । एक पटक भए पनि प्रधानमन्त्री भएको रेकर्ड बनाएर सिंहदरबारमा फोटो झुण्डाउने धोको उनको देखिन्छ ।
प्रचण्ड आफैँ प्रधानमन्त्रीको दौडमा रहेकाले अहिले बामदेवलाई उमेदवार मात्रै बनाएर प्यूठानमै चुनाव हराएर ठेगान लगाउने दाउमा भएको पनि हुन सक्ने बताइन्छ त्यसो भएमा पनि सोझो फाइदा सुर्य थापालेनै उठाउने छन् ।
बर्दियाबाट २०७४ सालमा वाम गठबन्धनको बलियो उम्मेदवार बनेर पनि पराजित भएका गौतमले यसपटक ७ दलीय गठबन्धनको बलमा प्युठानबाट चुनाव लड्ने घोषणा गरेका छन् । जबकी गठबन्धनको मापदण्ड अनुसार प्युठानको सीट राष्ट्रिय जनमोर्चाले पाउँछ ।
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल प्युठानबाट वाम गठबन्धनको उम्मेदवार भएर निर्वाचित हुन् । २०४८ देखि सबै चुनाव बर्दियाबाट लडेका गौतम २०७० मा बर्दिया र प्युठान दुवै क्षेत्रबाट लडेर जितेका थिए । त्यसपछि उनी फेरि बर्दियामै फर्किएका थिए ।
यता गठबन्धनभित्र पनि गौतमको चुनाव क्षेत्रबारे चर्चा चलेको छ । उनी राष्ट्रियसभा सदस्य छाडेर चुनाव लड्न खोजेपछि व्यवस्थापनको दायित्व प्रचण्डको काँधमा पुगेको छ । प्रचण्डले एकातिर गठबन्धनमा राष्ट्रिय जनमोर्चालाई मिलाउनुपर्नेछ भने अर्कोतर्फ त्यसबापत राष्ट्रिय जनमोर्चालाई अर्को सीट खोज्दा कांग्रेस मिलाउनुपर्नेछ ।
गठबन्धनका एक नेताका अनुसार मोहनविक्रम सिंहसँगै कुरा गरेर बामदेव र दुर्गा पौडेलको कुर्सी विनिमय गर्ने सम्भावना बढी छ । ८४ कटिसकेका बयोवृद्ध नेता सिंहको घर चलाउनका लागि पनि दुर्गा पौडेललाई सांसद बनाउनुपर्ने बाध्यता नेकपा मसालको छ ।
यसपटक दुर्गालाई बामदेवको ठाउँमा राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने र उनको ठाउँमा बामदेवलाई टिकट दिएर प्युठान पठाइने सम्भावना बढी रहेको ती नेताले बताए । त्यसो गर्दा राजमोले बागलुङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको टिकट पाउँनेछ । त्यहाँ चित्रवहादुर केसी वा अर्को कुनै युवा नेता उम्मेदवार बन्नेछन् ।
राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठान प्रतिनिधिसभा सीट दाबी गरेको छ । त्यस्तै प्रदेश सभातर्फ बागलुङमा एउटा र अर्घाखाँची,दाङ,गुल्मी र डोटीमा दाबी गरेको छ ।
प्युठानमा जनमतको हिसाबले एमाले पहिलो पार्टी हो । दोस्रोमा कांग्रेस छ । वामदेव गौतमलाई प्युठानमा उम्मेदवार बनाउँदा कांग्रेसको मत उनको पक्षमा नजाने बताइन्छ ।
ताजा
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





