बालेनले आफ्नै साथीलाई पनि छाडेनन् खाली गराए रेस्टुरेन्ट ….

२०७९ भाद्र १७ गते, शुक्रबार

काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नै साथीको रेस्टुरेन्ट खाली गराएका छन् । काठमाडौं महानगरको नगर प्रहरीले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेस्टुरेन्ट र अन्य व्यवसाय हटाएको हो ।

नगर प्रहरीको निर्देशनपछि रेस्टुरेन्टले आफ्नो सामग्री हटाएको हो ।उक्त रेस्टुरेन्ट बालेनलाई मेयरमा जिताउन सहयोग गर्नेमध्येका एक सन्तोषकुमार थापाले सञ्चालन गरेका थिए । थापाले बालेनको चुनावी अभियान सञ्चालनमा साथ दिएका थिए । बालेनलाई चुनावी अभियानमा थापासहित कुमार बेन, भिक्टर पौडेल, गणेश कार्कीलगायतले सहयोग गरेका थिए ।

सन्तोषको रेस्टुरेन्ट सो भवनको बेसमेन्टमा थियो । नक्शामा पार्किङका लागि भनेर छुट्याइएको बेसमेन्ट अन्य व्यवसायमा प्रयोग गरेको पाइएपछि बालेनले हटाउन निर्देशन दिएका थिए । त्यसबमोजिम आज आफैंले रेस्टुरेन्ट हटाएको थापाले फेसबुकबाट जानकारी दिएका छन् ।

मेयर बालेनले आफ्नो रेस्टुरेन्ट खाली गराएपछि सञ्चालक थापाले सहज प्रतिक्रिया दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आजैबाट खाली गरेको छु, धन्यवाद ।’

बालेनको चुनावी अभियानका क्रममा उनीहरूको टिमको थुप्रै छलफल र मिटिङहरू यही रेस्टरेन्टमा भएका थिए । बालेनका निकट सहयोगी कुमार बेनका अनुसार सन्तोष चुनावमा समेत सन्तोषले उनीहरूको टिमकै सदस्यका रूपमा सहयोग गरेका थिए । तर, नियम मिचेर व्यवसाय गर्न नदिने मेयरको अडानका कारण साथी भनेर छुट नपाएका बेनले बताए ।

163 Views

ताजा

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal