४० वर्ष नाघ्दासम्म विहे नभएका, एकल पुरुषले भत्ता पाउँने

२०७९ भाद्र १७ गते, शुक्रबार

अब एकल पुरुषले पनि भत्ता पाउँने भएका छन् ।

पर्वतको महाशिला गाउँपालिकाले विदुर तथा एकल पुरुष र ‘ग’ तथा ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक भत्ता दिने भएको हो ।

छैटौ गाउँ सभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका ४० वर्ष उमेर काटेका पुरुषलाई भत्ता दिइने उल्लेख छ ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विदुर तथा एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो ।

कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक एक हजार रुपियाँका दरले भत्ता दिइने गाउँपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ताले एकल महिला र ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकलाई सम्बोधन गरे पनि कतिपय एकल पुरुष तथा विदुर पुरुषहरूको जीवनसमेत कष्टकर देखिएको हुँदा सबैलाई सामाजिक सुरक्षाको मापदण्डमा छिराउने काम गरिएको अध्यक्ष पौडेलले बताउनुभो ।

उहाँले भन्नुभयो, कसैले पनि सामाजिक सुरक्षाको अनुभूति गर्नबाट वञ्चित हुन नपरोस् भनेर यस्तो व्यवस्था गरेका हौँ ।

तर अन्य प्रकारका सामाजिक सुरक्षा भत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् । महाशिला गाउँपालिकामा एकल पुरुष र अन्य सामाजिक सुरक्षा भत्ता नपाउने विदुरको सङ्ख्या ४० को हाराहारीमा छ ।

त्यसै गरी गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ ।

पूर्ण अपाङ्गता ‘क’ र आंशिक अपाङ्गता ‘ख’ वर्गले सङ्घीय सरकारबाटै भत्ता पाउँदै आएका छन् ।

‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएकालाई मासिक छ सय रुपियाँका दरले भत्ता उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष पौडेलले बताउनुभयो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal