रेल चढाएर दिल्ली लैजाँदै गरिएका दुई किशोरीको उद्धार, तीन जना प,क्राउ

२०७९ भाद्र १६ गते, बिहीबार

जनकपुरबाट रेल चढाएर भारतको दिल्ली लैजाँदै गरिएका दुई जना किशोरीलाई उद्धार गरिएको छ।

जनकपुरधाम–जयनगर रेलमा चढाएर भारत लैजाँदै गर्दा महोत्तरी जलेश्वरकी १४ र १९ वर्षीया किशोरीलाई प्रहरीले उद्धार गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका ७ कमलानगर टोलका २६ वर्षीय रूपेशकुमार मिश्र, वडा नम्बर २३ लादोवेलका २३ वर्षीय दिलमहमद साह र महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर २ विल्टाहाका २० वर्षीया रानी भन्ने मुस्कान मण्डलले दुई किशोरीलाई भारततर्फ लैजाँदै थिए।

शं,का लागेपछि प्रहरीले जनकनन्दनी गाउँपालिका १ स्थित इनरुवा रेल्वे स्टेसनमा उनीहरुलाई सोधपुछ गरेको थियो। उनीहरूले गोलमटोल जवाफ दिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

राम्रो काममा लगाइदिने भनेर किशोरीलाई दिल्लीतर्फ लैजाँदै गरेको अनुसन्धानबाट खुलेको छ।

धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार दिल्लीतर्फ लैजान उनीहरूले दुवै किशोरीलाई चार दिनदेखि जनकपुरमा राखेका थिए। उनीहरुमाथि मानव बे,चविखन तथा ओसारपसार मु,द्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

221 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal